काठमाडौं । बिहीबारको मन्त्रिपरिषद्ले सचिबहरुको सरुवा गरेको छ । एक मन्त्रीका अनुसार सिँचाइ सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई भने जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ ।
यस्तै प्रधानमन्त्री कार्यालयका सचिव यादव कोइरालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा, सो मन्त्रालयका सचिव सूर्य गौतमलाई युवा तथा खेलुकद मन्त्रालयमा, जल तथा ऊर्जा आयोगका सचिव रमेशप्रसाद सिंहलाई शहरी विकास मन्त्रालयमा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयमा एकनारायण अर्याललाई सरुवा गरिएको छ । यस्तै प्रधानमन्त्रीका कार्यालयका सचिव केदार न्यौपानेलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ भने उपराष्ट्रपति कार्यालयका सचिब खगराज बराललाई भने प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।




