ताजा समाचार

प्रधानमन्त्रीको ठट्टा : नयाँ मन्त्रीको मिठाई खान बाँकी रह्यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरुसँग ठूलो अपेक्षा गरिएको छ । बिहीबार तीनजना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि मन्त्रिपरिषद्को नियमित बैठक बसेको बैठकमा सो कुरा बताएका हुन् । यो मन्त्रिपरिषदमा तीनजना नयाँ सदस्यका रुपमा बालुवाटार पुगेका थिए ।
अर्थमन्त्री विष्णु पौडेल, शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालिका, समाज कल्याण तथा ज्येष्ठ नागरिकमन्त्री लिला श्रेष्ठ नयाँ मन्त्रीका रुपमा बिहीबारको मन्त्रिपरिषद् बैठकमा सहभागी भए । बैठकको शुरुमै प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँमन्त्रीहरुलाई स्वागत गर्दै उनीहरुबाट आफूले धेरै अपेक्षा गरेको बताएको एकमन्त्रीले जानकारी दिए । राम्रो कामगर्नेलाई सँधै आफ्नो साथ रहने भरोसा दिलाउँदै प्रधानमन्त्री ओलीले राम्रो काम गरेर देखाउन निर्देशन दिएको ती मन्त्रीले बताए ।
प्रधानमन्त्री ओलीले अन्य मन्त्रीहरुलाई पनि ढुक्क भएर काम गर्न निर्देशन दिएका छन् । गएको भदौ २६ गते सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गरेपछि मन्त्रीहरुले जाँगर लगाउन छोडेको चर्चा छ । यहीबीच प्रधानमन्त्री ओलीले बुधबार रिक्त रहेका तीन मन्त्रालयमा तीनजना मन्त्री नियुक्त गरेका थिए भने उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलाई रक्षाबाट हटाएर मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय हेर्ने जिम्मेवारी दिएका थिए। यस्तै महिलामन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका थिए ।
प्रधानमन्त्री ओली नयाँमन्त्री भएपछि मिठाई खाने प्रचलन रहे पनि यो पटक कोरोनाको कारण मिठाई खान नपाएको भन्दे ठट्टा गरेको एकमन्त्रीले जानकारी दिए । प्रधानमन्त्री ओलीले विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ र लिला श्रेष्ठको खाता बनाएर मिठाई बाँकी लेख्नुपर्ने भनेर ठट्टासमेत गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *