काठमाडौं । नवनियुक्त तीन मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको सपथ खुवाएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिफारिस गरेका थिए ।
पार्वत गुरुङलाई सञ्चारको जिम्मेवारी दिइएको छ भने रक्षा आफूसँगै राखेर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जिम्मेवारी दिइएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद् तथा गोपनीयताको शपथ गराएकी थिइन् । सपथ लिएसँगै पदभार सम्हाल्न तीनैजना मन्त्री सिंहदरबार पुगेका छन् ।





