रिबन

सामान्य प्रशासन मन्त्री त्रिपाठी ग्रान्डी हस्पिटलको आइसियुमा

काठमाडौं । पित्त थैलीको पथरी फ्याक्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको ग्राण्डी ईन्टरनेशनल अस्पताल भर्ना भएका छन् । अहिले उनको आइसियुमा उपचार भइरहेको छ । अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेकाअनुसार हाल उनको स्वास्थ्यमा सुधार हुँदै गइरहेको छ ।

आइतबार राति अचानक स्वास्थ्य अवस्थामा समस्या आएपछि अस्पताल भर्ना गरिएका मन्त्री त्रिपाठीको स्वकीय सचिव रमेश पाण्डेले जानकारी दिए । स्वकीय सचिव पाण्डेका अनुसार आइतबार राति अचानक स्वास्थ्यमा समस्या आएपछि मन्त्री त्रिपाठीलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नर्भिक अस्पतालको रिपोर्ट अनुसार उनको पित्त थैलीमा पत्थरी रहेकोले तत्काल शल्यक्रिया गर्नुपर्ने भएकाले मन्त्री त्रिपाठीलाई ग्रान्डी अस्पताल भर्ना गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *