काठमाडौं । २४ घण्टामा ५७ जिल्लामा दुई हजार ७१ जना कोरोना संक्रमित थपिएका छन । १२ हजार ४सय २७ जनाको पीसीआर परिक्षण गर्दा दुई हजार ७१ जनामा कोरोना पुष्टि भएको हो । आज १३ सय ६९ जना पुरुष र ७०२ जना महिला संक्रमित भएका छन । यो संगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमण मुक्त भएर आइतबार १ हजार ५ सय २२ जना निको भएका छन । अहिलेसम्म ७५ हजार ८ सय ४ जना संक्रमित निको भइसकेका छन । संक्रमित निकोहुने दर ७०.०४ प्रतिशत छ ।
३१ हजार ३१५ सक्रिय संक्रमित मध्ये १७ हाजार ६ सय ६६ होम आईसोलेशनमा १३ हजार ६ सय ४९ संक्रमित संस्थागत आइशोलेशनमा छन । क्वारेन्टाइनमा ४ हजार ६ सय १३ संक्रमित छन । नेपालमा पीसीआर विधिबाट ११ लाख ७६ हजार ९८४ जनाको परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले आफनो वेभसाइडमा उल्लेख गरेको छ ।
मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, सुर्खेत र रुपन्देही जिल्लामा कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी छ । मनाङ, मुस्ताङ, जिल्ला कोरोना मुक्त बनेका छन । आईसीयुमा ३२९ र भेन्टिलेटमा ७६ जना संक्रमित उपचाररत छन ।
गत २४ घण्टामा २२ जना कोरोना संक्रमित पुरुषले ज्यान गुमाएका छन । नेपालमा कोरोना संक्रमणबा ६३६ जनाले ज्यान गुमाइसकेका छन । नेपालमा मृत्युदर ०.५९ प्रतिशत छ ।




