ताजा समाचार

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध नेकपाका १८ संसदले गराए अविश्वास प्रस्ताव दर्ता

काठमाडौँ । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुृर शाहीविरुद्ध १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका नेता समेत रहेका शाहीलाई संसदीय दलको नेताबाट हटाउन नेकपाका संसदहरुले अविश्वसको प्रस्ताव दर्ता गराएका हुन ।

सांसद यामलाल कँडेलको अगुवाइमा भएको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई हस्ताक्षर बुझाइएको छ । पूर्वएमालेका १३ र पूर्वमाओवादीका ५ जना सांसदले हस्ताक्षर गरेका छन । कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद रहेका छन ।

नेकपा सं‌सदीय दलको नेतामा शाहीले प्रभावकारि रुपमा काम गर्न नसकेको, पार्टी र सरकारको कामकारबाही फितलो भएको सांसदहरुको आरोप छ ।

नेकपा प्रदेशसभा संसदीय दलको विधान २०७५ को नियम २४(१) बमोजिम दलको नेता उपर विश्वस नभएकोले प्रश्ताव दर्ता गरेको हस्ताक्षरकर्ता सांसदहरुले उल्लेख गरेका छन ।

No photo description available.

No photo description available.

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *