देश

सत्याग्रही डा.केसी र सरकारबीच मध्यरातमा ८ बुँदेसहमति

काठमाडौं । चिकित्सा शिक्षा सुधारका माग राखेर आमरण अनशनमा बसेका डा.गोविन्द केसी र सरकारबीच ८ बुँदे सहमति भएको छ । डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गापीनाथ मैनालीले शनिबार राती सहमति पत्रमा हस्ताक्षर गरेका हुन ।
६ बुँदे माग राखेर अनशन बेसेका केसी र सरकारबीच ८ बुँदे सहमति भएको छ । सातांै बुँदामा सहमति सम्वन्धित निकायमा लैजाने र ८ नम्बर बुँदामा अनशन तोड्ने उल्लेख छ ।
केसीका ६ बुँदे माग सरकारका लागि अकट्य जस्तौ भएका छन ।

के-के थिए डा. केसीका छ बुँदे माग

१. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रमहरु संचालन गरियोस । गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन शुरू गरियोस । प्रदेश नं दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा,उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस ।

२.मास्कको प्रयोग र सामाजिक दुरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त गरियोस । कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था गरियोस ।

३.हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस ।

४. त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरियोस । विश्वबिद्यालय, काउंसिल र प्रतिस्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शि ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस ।

५. बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निशुल्क सेवा सुनिस्चित गरियोस ।

६. राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरीद काण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरीद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समुहको औषधि खरीद काण्ड लगायत सबै ठूला भ्रष्टाचार काण्डका दोषीहरुलाई कानुन बमोजिम छानविन र कारवाही गरियोस । बालुवाटार जग्गा काण्डमा आपराधिक लाभ लिने सत्तारुढ दलका नेतामाथि छानविन र कारवाही चलाइयोस । यी सबै प्रकरणका दोषीहरुलाई कारवाही नगरेर सत्ताको इशारामा उन्मुक्ति दिएमा अख्तियारका बहालवाला तथा सेवा निवृत्त आयुक्तहरुमाथि पनि कानुन बमोजिम छानविन र महाभियोगलगायतका कारवाही गरियोस । अख्तियारका आयुक्त लगायत सबै दोषी व्यक्तिहरुमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइयोस ।

२८ दिनदेखि अनसनरत डा. केसीले सहमती अनुसार आइतबार विहान ९ः ३० बजे अनसन तोड्दै छन ।

विभिन्न ६ बुँदे माग राखेर डा. केसीले जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए । केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो । स्वास्थ्यवस्था विग्रिएको भन्दै केसीलाई हेलिकोप्टरबाट असोज ६ गते काठमाडौ ल्याइएपछि उनी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन ।

यस्तो छ सरकार र डा.केसीबीच भएको ८ बुँदे सहमतिको पूर्णपाठ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *