ताजा समाचार

दुई अध्यक्षबीच निरन्तर छलफल, उपलब्धी शून्य

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भएको भेटवार्ता बिना निष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वय ओली र प्रचण्डबीच मन्त्रिमण्डल पुर्नगठन, पार्टी एकताका बाँकी कामबारे छलफल भएको थियो । महासचिव विष्णु पौडेलसहितको उक्त बैठकमा पार्टी एकताका बाँकी कामबारे गहन छलफल भएको स्रोतले जानकारी दियो ।

असोज ६ गते बसेको नेकपा सचिवालय बैठकले पार्टी एकताका बाँकी काम टुंग्याउन अध्यक्षद्वय ओली–प्रचण्ड र महासचिवलाई जिम्मा दिएको थियो । सोहीअनुसार अध्यक्षद्वय असोजभित्र एकताका बाँकी काम टुंगोमा पुर्याउन छलफलमा जुटिरहेका छन् ।

दुई अध्यक्षबीच शुक्रबार पनि छलफल भएको थियो । दुई अध्यक्षबीच निरन्तर छलफल भएपनि उपलब्धी भने शुन्य रहेको छ । ‘दुई अध्यक्षबीच छलफल हुन्छ तर खास उपलब्धी भएको देखिदैन’, वालुवाटार निकट स्रोतले भन्यो

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *