देश

कांग्रेस केन्द्रीय कार्यालयमा कार्यरत एक महिलामा कोरोना पुष्टि, केन्द्रीय कार्यसमिति बैठक अनिश्चित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा कार्यरत एक कार्यालय सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको छ । असोज २२ गते गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

कार्यालय सहयोगीलाई कोरोना पुष्टि भएसंगै असोज २५ गते बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक समेत अनिश्चित बनेको छ । बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका र समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल गर्ने तयारी भएको बुझिएको छ । कार्यालय सहयोगी एक महिलामा कोरोना पुष्टि भएपछि केन्द्रीय कार्यालयका कर्मचारीहरु समेत त्रसित बनेका छन । चिया लिएर सबै कोठामा पुग्ने कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय कार्यालयका कर्मचारीमा त्राश पैदा भएको हो ।

यस अघि असोज १९ गते डाकिएको केन्द्रीय समिति बैठकका लागि असोज १५ गते २७० जना भन्दा बढी नेता, कर्मचारी,गाडी चालक र सुरक्षाकर्मीको पीसीआर परीक्षण गरिएको थियो । सोही परीक्षणमा पूर्वसहमाहामन्त्री अर्जुन नरसिंह केसी, पूर्वस्वास्थ्य मन्त्री गगन थापा, सम्भूलाल श्रेष्ठलगायत करिव एक दर्जन केन्द्रीय सदस्य र केही कर्मचारीको रिपोर्ट पोजेटिभ आएको थियो । नेताहरुमा कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय समिति बैठक १९ गते स्थिगित गरी २५ गते बोलाइएको थियो । पसीआर रिपोट नआउदै डाकिएको पदाधिकारी बैठकमा केसी र थापा सहभागी थिए ।
नेताहरु कन्ट्रयाक्ट ट्रेसिङमा  परेपछि असोज २२ गते केन्द्रीय पदाधिकारी, सदस्य, कर्मचारी र अन्य व्यक्ति गरी डेढ सयभन्दा बढीकोे पीसीआर परीक्षण गरिएको थियो । अहिले पीसीआर परिपोट आउनेक्रम जारी छ ।

हालै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको घरमा काम गर्ने व्यक्तिमा कोरोना देखिएपछि पौडेल समेत कन्ट्रयाक्ट ट्रेसिङमा परेका छन । केही हप्ता अघि पार्टी सभापति शेरबहादुर देउवाको सचिवालयमा कार्यरत एक कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो । सभापति देउवाको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । पार्टीका महामन्त्री डा. शशांका कोइराला भर्खरै कोरोना संक्रमण मुक्त भएका छन । केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यय डिना र जीवनबहादुर शाहीले पनि कोरोनालाई जितेका छन ।

यस अघि नेताहरुमा कोरोना संक्रमण देखिएपछि ५ दिनका लागि कांग्रेस केन्द्रीय कार्यालय बन्द गरिएको थियो । कार्यालय सहयोगीमा कोरोना देखिएपछि केन्द्रीय कार्यालय शील गरेर जोखिम नियन्त्रणतर्फ ध्यान केन्द्रीत गर्नु पर्ने अवस्था आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *