ताजा समाचार

आधा दर्जन बढी कांग्रेस केन्द्रीय सदस्यमा कोरोना देखिएपछि केन्द्रीय समिति स्थिगित, असोज २५ गतेलाई बैठक तय

काठमाडौं । नेपाली कांग्रेसले असोज १९ गते बोलाएको केन्द्रीय कार्यसमिति बैठक स्थिति भएको छ । आधा दर्जनभन्दा बढी केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेसले केन्द्रीय समिति बैठक असोज २५ गते बोलाएको हो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा असोज १५ गते गरिएको पिसिआर परिक्षणका क्रममा पार्टीका केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगनकुमार थापा, जंगीलाल राय, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ लगायत अन्य विविध जिम्मेवारीमा रहेका व्यक्तिमा कोरोना पुष्टि भएको थियो । काठमाडौं बाहिर परीक्षण गरेका केन्द्रीय सदस्यहरु रमेश रिजाल र अजयकुमार चौरसियामा कोभिड—१९ पोजिटिभ देखिएका थियो ।
स्वास्थ्य मापदण्डलाई ध्यानमा राखी पार्टीको २०७७ असोज १९ गते अपरान्ह २ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेर असोज २५ गते दिउँसो २ बजेका लागि निर्धारित गरिएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

असोज १५ गते कांग्रेस केन्द्रीय कार्यालयमा गरिएको पीसीआर टेष्टका क्रममा केन्द्रीय सदस्य र अन्य व्यक्तिलाई समेत कोरोना संक्रमण देखिएकाले स्वास्थ्यको मापदण्डलाई ख्याल गर्दै असोज १८ गतेदेखि २२ गतेसम्म केन्द्रीय कार्यालय बन्द गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *