काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पाँच दिनका लागि बन्द भएको छ । पार्टीका केही केन्द्रीय सदस्य र अन्य व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कांग्रेसले ५ दिनका लागि पार्टी कार्यालय बन्द गरेको हो ।
असोज १५ गते कांग्रेस केन्द्रीय कार्यालयमा गरिएको पीसीआर टेष्टका क्रममा केन्द्रीय सदस्य र अन्य व्यक्तिलाई समेत कोरोना संक्रमण देखिएकाले स्वास्थ्यको मापदण्डलाई ख्याल गर्दै असोज १८ गतेदेखि २२ गतेसम्म केन्द्रीय कार्यालय बन्द गरिएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
असोज १९ गते डाकिएको केन्द्रीय समिति बैठकका लागि कांग्रेसले १५ गते पीसीआर टेष्ट गरेको थियो ।




