ताजा समाचार

अर्थमन्त्रीसँग प्रदेश राजधानी साटेको आरोप लागेका महासचिव पौडेल र मूख्यमन्त्री पोखरेलबीच भेटघाट

 काठमाडौं । नेकपाका महासचिव विष्णु पौडेललाई अर्थमन्त्री र प्रदेश राजधानी साटफेर गरेको आरोप लागिरहेका बेला प्रदेश नं ५ का मूख्यमन्त्री शंकर पोखरेल काठमाडौ आएका छन् । प्रदेश ५को स्थायी राजधानी दाङमा सार्ने अन्तिम तयारीमा जुटेका मुख्यमन्त्री पोखरेल थप परामर्शका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न शनिबार काठमाडौँ आएका हुन् । वालुवाटारमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारदेखि सचिवालय सुरक्षाकर्मीसम्मलाई कोरोना संक्रमण देखिएपछि उनले आज विहान वालुवाटार प्रवेश भने पाएका छैनन ।
बुटवलमै राजधानी राख्नुपर्ने पक्षमा रहेका नेकपा महासचिव विष्णु पौडेललाई अर्थमन्त्रीसँग भने उनले भेटघाट गरेको स्रोतले जनाएको छ । आइतबार प्रदेश सभामा प्रस्तुत हुने राजधानी सार्ने प्रस्ताव सोमबारसम्म पारित गर्ने र आन्दोलनलाई साम्य पार्न पौडेल लगायतले पहल गर्ने तयारी भइरहेको बताइएको छ । मूख्यमन्त्री पोखरेल आजै दाङ फर्किदैछन् । अस्थायी राजधानी रहेको बुटवलमै प्रदेश स्थायी राजधानी हुने यहाँका स्थानीय तथा नेताहरुले अपेक्षा गरेको स्थितिमा दाङमा राजधानी लैजाने एकाएक प्रस्ताव आउँदा अहिले प्रदेश नं ५ अस्थायी राजधानी बुटवलमा निषेधाज्ञा जारी गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डको सहमतिमा मुख्यमन्त्री पोखरेलले दाङमा राजधानी प्रस्ताव गरिएको हो । दाङमा प्रदेश राजधानी प्रस्ताव गरेपछि नेकपाकै १४ सांसदले विरोध जनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *