ताजा समाचार

तीन दिनपछि ओली र प्रचण्डबीच भेटवार्ता, शनिबार सचिवालय बैठक तय

 काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे सचिवलय वैठक असाेज १७ गते शनिवार बस्ने भएकाे छ ।  अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच तीन दिनपछि बालुवाटारमा भेटवार्ता पछि सचिवालय बैठक टु‌ंगाे लागेकाे हाे

शुक्रबार बिहान करिब साढे ९ बजेदेखि अध्यक्षद्वय ओली र दाहालबीच भेटवार्ता सुरु भएकाे थियाे । प्रधानमन्त्री ओलीले राजदूत नियुक्तिमा एकलौटी गरेकोलगायत विषयमा छलफल भएको स्रोतको दाबी छ ।

प्रधानमन्त्रीले आफ्ना आर्थिक सल्लाहकारसमेत रहेका पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत नियुक्त गर्न बिहीबार मन्त्रिपरिषदबाट सिफारिस गरेका थिए । राजनीतिक नियुक्ति हुँदा पार्टीमा छलफल गर्ने स्थायी कमिटी बैठकको निष्कर्ष रहेको भन्दै केही सचिवालय सदस्यले मन्त्रिपरिषदको बिहीबारको निर्णयको विरोध गर्दै आगामी सचिवालय बैठकमा यसबारे कुरा उठाउने बताएका थिए ।

सरकारले पार्टीको सल्लाहविना राजदूत नियुक्त गरेपछि असन्तुष्टि देखिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजदूतलगायतका नियुक्ति अध्यक्ष पुष्पकमल दाहालको सल्लाहबिना गरेपछि बिहीबार हुने भनिएको दुई अध्यक्षको भेटघाटसमेत रोकिएको थियाे ।

ओली र दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनका लागि मापदण्ड बनाउने विषयमा विवाद बढेको थियो। ओलीले आफू निकटका व्यक्तिलाई मन्त्री कायमै राख्ने योजना बनाएका छन् भने दाहालले एकपटक सबैलाई फिर्ता गरेर दोहोर्याउनुपर्नेमा जोड दिएका छन्। मापदण्ड बनाउने विषयमै कुरा नमिलेपछि बुधबार हुने भनिएको भेटवार्ता पनि स्थगित गरिएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *