काठमाडौं। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी श्रीमती मेलानियालाई कोरोनाभाइरस पुष्टि भएको छ । राष्ट्रपति ट्रम्पले ट्वीटमार्फत आफू र आफ्नी श्रीमती मेलानिया ट्रम्पलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी दिएका हुन ।
ट्रम्पकी सल्लाहकार होप हिक्समा कोरोना सङ्क्रमण देखिएपछि उनीहरु क्वारन्टीनमा बसेको जनाएका थिए । ट्रम्पले आफ्नो परीक्षणको नतिजा पर्खिरहेको बताएका थिए ।




