ताजा समाचार

महिला हिंसा, बलात्कार र हत्याका दोषीलाई कारवाही गर्न कांग्रेसको माग

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बलात्कारका घटनाका दोषीलाई कारवाही गर्न माग गरेको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्तिमार्फत पछिल्लो दुई महिनामा देशको विभिन्न भागमा बलात्कारका घटना व्यापक वृद्धि भएको तथ्यलाई गम्भीरतापूर्वक लिएर सचेतना, सुरक्षा, गहिरो अनुसन्धान र दोषीलाई कार्वाहीको प्रक्रियामा तदारुकता प्रस्तुत गर्न संघीय सरकारलाई आग्रह गरेका छन ।

बितेको साता बालिकाहरु उपर शृङ्खलाबद्ध रुपमा हिंसा, बलात्कार र हत्याका घटना भएको विवरणले सिंगो मुलुकलाई मर्माहत तुल्याएको प्रवक्ता शर्माले बताएका छन । उनले वितेको एक सातामा भएका बलात्कार र हिंसाका घटनालाई शृखलावद्ध रुपमा प्रस्तुत गरेका छन ।

 असोज ७ गते बुधबार बझाङको मष्टा गाउँपालिकामा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या ।
असोज ८ गते बिहिवार उदयपुरको चौदण्डिगढीमा एक ७ बर्षिया बालिकाको बलात्कार ।
असोज ९ गते शुक्रबार सुनसरीको बराहक्षेत्रको कटहरेमा ११ वर्षीया बालिकाको बलात्कार प्रयासपछि हत्या ।

सार्वजनिक भएका यी प्रतिनिधिमूलक घटनाले समाजमा बढ्दो विसंगति र अपराधलाई एकातर्फ उजागर गरेका छन् भने अर्कातर्फ चेतना अभियानमा हाम्रा कमजोरी देखि कानूनको कार्यान्वयनमा फितलोपन सम्ममा प्रश्न खडा गरेको छ प्रवक्ता शर्माले भनेका छन बझाङको घटनामा डेढ महिना अघि मात्रै बलात्कारको अर्को घटनामा ‘मिलापत्र’ मार्फत ‘उन्मुक्ति’ पाएका युवकको संलग्नता रहेको विवरणले पछिल्लो घटना हुनुमा ब्यक्ति, प्रवृत्ति, समाज र सरकार समेत जिम्मेवार रहेकोे पुष्टि हुन्छ ।

बालिका बलात्कारको घटना होस् या महिला उपरका अन्य हिंसात्मक सन्दर्भहरुमा समाजको उच्च सतर्कता, गम्भीर बहस, राज्यको प्रभावकारी उपस्थिति र राजनैतिक दल एवं संघसंस्थाको ऐक्यवद्ध सचेतनाको अभियान टड्कारो आवस्कता शर्माले औल्याएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *