देश

शुक्रबार ५२ जिल्लामा १३ सय १३ संक्रमित थपिए , संक्रमितको संख्या ७० हजार नाघ्याे

काठमाडौं । २४ घण्टामा ५२ जिल्लामा ११ सय १३ जना कोरोना संक्रमित थपिएका छन । १२ हजार २ सय २६ जनाको पीसीआर परिक्षण गर्दा १३ सय १३ जनामा कोरोना पुष्टि भएको हो । आज ८६० जना पुरुष र ४५३ जना महिला संक्रमित भएका छन । यो संगै नेपालमा संक्रमितको कुल संख्या ७० हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण मुक्त भएर बुधबार १४ सय ५५ जना घर पर्किएका छन । अहिलेसम्म ५१ हजार ८ सय ६६ संक्रमित निको भइसकेका छन । संक्रमित निकोहुने दर ७३.४ प्रतिशत छ ।

१८ हजार २ सय ८९ सक्रिय संक्रमित मध्ये १० हाजार ५१ होम आईसोलेशनमा ८ हजार २ सय ३७ संक्रमित संस्थागत आइशोलेशनमा छन । क्वारेन्टाइनमा ६ हजार ४ सय ६४ संक्रमित छन । नेपालमा पीसीआर विधिबाट ९ लाख ६८ हजार १८५ जनाको परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले आफनो वेभसाइडमा उल्लेख गरेको छ ।

काठमाडौंमा ५०३, भक्तपुरमा ५१ र ललितपुरमा ९१ गरी उपत्यकामा ६४५ संक्रमित थपिएका छन ।

मोरङ, सिरहा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र रुपन्देही जिल्लामा कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी छ । सोलु, मनाङ, मुस्ताङ,म्याग्दी, डोल्पा, मुगु र हुम्ला गरी ७ जिल्ला कोरोना मुक्त बनेका छन ।
आईसीयुमा २२७ र भेन्टिलेटमा ३९ जना संक्रमित उपचाररत छन ।

गत २४ घण्टामा ६ जना संक्रमितले ज्यान गुमाएका छन । जसमध्ये ३ महिला र ३ पुरुष छन । नेपालमा कोरोना संक्रमणबा ४५९ जनाले ज्यान गुमाइसकेका छन । नेपालमा मृत्युदर ०.६५ प्रतिशत छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *