ताजा समाचार

गृहमन्त्री दलबलसहित कालापानी भ्रमणमा

 काठमाडौ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सशस्त्र प्रहरी गुल्मको शिलन्यासका लागि शुक्रबार दार्चुलाको छाङरु गएरका छन्। उनी दार्चुलाको छाङरुमा निर्माण भइरहेको सशस्त्र प्रहरीको गुल्म भवन शिलन्यास गर्न शुक्रबार दार्चुलाको व्यास गाउँपालिकामा पर्ने छाङरु गएका हुन्।

थापा काठमाण्डौबाट नेपाली सेनाको स्काइ ट्रकमा बिहान ९ बजेर २० मिनेटमा सुर्खेतका लागि प्रस्थान गरेका छन्। उनी त्यहाँबाट सेनाकै हेलिकप्टरमा दार्चुला जाने कार्यक्रम तय भएको छ। दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना भएसँगै बहुउद्देश्यिय भवन निर्माण गर्न लागिएको छ। त्यसैको शिलन्यासका लागि गृहमन्त्री थापा दार्चुला गएका हुन् ।

गृहमन्त्री थापाले गुल्मको शिल्यानसँगै सो क्षेत्रको अनुगमन समेत गर्ने छन्। उनीसँगै गृह सचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी बलका आइजीपि शैलेन्द्र खनाल लगायत ११ जना रहेका छन्।गत असार २९ गते बसेको मन्त्रिपरिषद बैठकले सदरमुकाम खलंगामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टरलाई व्यास गाउँपालिका १ छाङरुस्थित गागामा सार्ने निर्णय गरेको हो। डिएसपिको कमाण्डमा रहेको गुल्ममा एकसय ६० जनाको टोली परिचालन गरिएको छ। गागाक्षेत्र कालापानीबाट १२ किलोमिटर वरै पर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *