काठमाडौं । नेपाल प्रहरी अस्पतालमा कार्यरत ४२ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।
आफुहरुको करिअरमा खेलवाड गरेको भन्दै उनीहरुले राजीनामा दिएका छन् । उनीहरुको माग सम्बोधन गरी प्रहरी नियमावली संशोधनको प्रस्ताव मन्त्रिपरिषदमा पुगिसकेको छ । तर, दुई महिनादेखि मन्त्रिपरिषदमा प्रस्ताव रोकिएपछि चिकित्सकहरुले राजिनामा दिने घोषणा गरेका हुन् ।
प्राविधिक प्रहरीले सेवामा आबद्ध भएको कम्तीमा तीन वर्ष भएपछि अध्ययन बिदा पाउने उल्लेख छ । त्यसका लागि कम्तीमा एक वर्ष हिमाली जिल्लामा काम गरेको हुनुपर्ने प्रावधान रहेको र प्रहरीका चिकित्सकका लागि त्यो प्रावधान अव्यवहारिक भएकाले संशोधन गर्न लागिएको छ ।
अध्ययन बिदा नै नपाउने समस्या हुँदा प्रहरीमा भर्ना भएका चिकित्सकले राजिनामा दिन लागेपछि उनीहरुलाई सेवामै टिकाइराख्न नियमावली संशोधन गर्न लागिएको एक प्रहरी अधिकारीले बताए ।








