देश

बिहीबार ५४ जिल्लामा १४ सय ९७ संक्रमित थपिए, १७ को मृत्यु

काठमाडौं । २४ घण्टामा ५४ जिल्लामा १४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन । ९ हजार ११ हजार ४ सय ४९ जनाको पीसीआर परिक्षण गर्दा १४ सय ९७ जनामा कोरोना पुष्टि भएको हो । आज ५१३ जना पुरुष र ९८४ जना महिला संक्रमित भएका छन । यो संगै नेपालमा संक्रमितको कुल संख्या ५० हजार ४ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण मुक्त भएर बुधबार ४५७ जना घर पर्किएका छन । अहिलेसम्म ५० हजार ४ सय ११ संक्रमित निको भइसकेका छन । संक्रमित निकोहुने दर ७२.७ प्रतिशत छ ।

१८ हजार ४ सय ३७ सक्रिय संक्रमित मध्ये ६ हाजार ८ सय २३ होम आईसोलेशनमा ८ हजार ६ सय १४ संक्रमित संस्थागत आइशोलेशनमा छन । क्वारेन्टाइनमा ६ हजार ५ सय ६५ संक्रमित छन ।

नेपालमा पीसीआर विधिबाट ९ लाख ५५ हजार ९२३ जनाको परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले आफनो वेभसाइडमा उल्लेख गरेको छ ।

काठमाडौंमा ६०९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ गरी उपत्यकामा मात्र ७५५ संक्रमित थपिएका छन । विगत केही दिन यता दैनिक परीक्षणका क्रममा भेटिएका संक्रमित मध्ये ५० प्रतिशत संक्रमित उपत्यकामा देखापरेका छन ।
मोरङ, सिराह, काठमाडौं, ललितपुर, चितवन, र रुपन्देही जिल्लामा कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी छ । सोलु, मुस्ताङ, डोल्पा, मुगु र जिल्ला कोरोना मुक्त बनेका छन ।

आईसीयुमा २३२ र भेन्टिलेटमा २८ जना संक्रमित उपचाररत छन ।

गत २४ घण्टामा १७ जना संक्रमितले ज्यान गुमाएका छन । जसमध्ये ५ महिला र १२ पुरुष छन । नेपालमा कोरोना संक्रमणबा ४५३ जनाले ज्यान गुमाइसकेका छन । नेपालमा मृत्युदर ०.६५ प्रतिशत छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *