गण्डकी प्रदेश

पहिराेमा पुरिएर एकै परिवारका ९ काे मृत्यु, एक जनाकाे जीवितै उद्दार

काठमाडाैं । पहिराेमा पुरिएर स्याङ्जाको वालिङमा एकै परिवारका नाै जनाको मृत्यु भएको छ ।  बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएर एकै परिवारका ९ जनाको ज्यान गएकाे हाे । एक  जनाकाे जीवितै उद्दार गरिएकाे छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रवक्ता राजेन्द्र अधिकारीका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा वालिङ १४ बस्ने २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली,२१ वर्षीय कुलदीप नेपाली, १६ वर्षीया विनिता नेपाली, १४ वर्षीय विक्रम नेपाली र ७ महिनाकाे बालक  रहेका छन् ।

एकै परिवारका १० जनामध्ये १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्दार गरी गह्रौं प्राथमिक अस्पताल वालिङ पठाईएकोमा थप उपचारका लागि पोखरा पठाइएको अस्पतालले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *