मुख्य समाचार

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या दुई लाख नाघेको उल्लेख छ । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ६८ लाख भन्दा बढी छ । नर्थ डकोटा, युटालगायत थुप्रै राज्यहरूमा सङ्क्रमितको संख्या उच्च छ । शक्ति राष्ट्र अमेरिकामा कोरोना संक्रमितको विश्वका अन्य मुलुकमाभन्दा उच्च छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या अमेरिकामा दुई लाख नाघ्नु दुःखदायी भएको बताएका छन । आफ्नै पहलमा अमेरिकामा मृतकको संख्या कम भएको भन्दै ट्रम्पले आफ्नो कदमको बचाउ गरे ।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले भाइरस विश्वभर फैलाउन चीन जिम्मेवार रहेको भन्दै चीनमाथि कडा प्रतिक्रिया जनाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *