अर्थ

विवादित ओम्नी समूह कालो सूचीमा, एक वर्ष ठेक्का गर्न नपाउने

 काठममडौं । विवादित ओम्नी समूहलाई सरकारले एक वर्षका लागि कालोसूचीमा राखेको छ । सम्झौताबमोजिमको मेडिकल सामग्री आपूर्ति नगरेको कम्पनी ओबीसीआई प्रालि(ओम्नी) कालोसूचीमा परेको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले हिजो, २८ भदौदेखि लागू हुनेगरी १ वर्षका लागि ओम्नीलाई कालोसूचीमा राखेको हो। कालोसूचीमा परेपछि यो कम्पनीले अब एक वर्ष सार्वजनिक निकायको कुनै पनि खरिद तथा ठेक्का प्रक्रियामा भाग लिन पाउँदैन।

ललितपुर कृष्णगल्ली कार्यालय भएको र तुलहरी सिंह प्रमुख व्यक्ति रहेको ओबीसीआई प्रालिलाई स्वास्थ्य सेवा विभागको सिफारिसमा एक वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।स्वास्थ्य सेवा विभागले गत चैतमा ठेक्का सम्झौता रद्द गरी ओम्नीलाई कारबाही गर्ने निर्णय गरेको थियो।

विभागले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई यो कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो। ओम्नी समूहलाई स्वास्थ्यसेवा विभागले गत चैतमा करीब रु.एक अर्ब २५ करोडको मेडिकल सामग्री खरिदकोे ठेक्का दिएको थियो। मेडिकल सामग्री खरिदमा करोडौं रूपैयाँ अनियमितता गर्न खोजेको आरोप लागेपछि विभागले ठेक्का खारेज गरेर ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *