सिन्धुपाल्चोक । बाह्रबिसे-७ घुम्थाङमा पहिरो जाँदा पुरिएका मध्ये ११ जनाको शव भेटिएको छ ।
इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक नवराज न्यौपानले मृतक सबैको सनाखत भएको जानकारी दिए। उनका अनुसार पहिरोमा ज्यान गुमाउनेमा नागपुजे गाउँका भक्तिमाया श्रेष्ठ (६३), ट्याक्से शेर्पा (९८), ज्ञानीमाया प्रधान (४२), भिरखर्क बिक टोलका जुनु बिक (२३), सुकुलाल बिक (२४), सन्देश बिक (८) तथा नेवार टोलका सर्किनी नेवार (६०), धनलाल नेवार (६५) र हिरामाया श्रेष्ठ (४२) छन् ।
दुई जनाको सनाखत बाकी छ । क्षतिको विवरण संकलन भइरहेको पनि उनले जानकारी दिए । पहिरोमा पुरिएका १९ जना अझै बेपत्ता छन् ।




