बागमती प्रदेश

सिन्धु पहिरो पीडितको उद्वार,राहत जुट्न सभापति देउवाको निर्देशन,पूर्वमन्त्री बस्नेत राहत र उद्दारमा सक्रिय

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकमा गएको पहिरोमा परेर वेपत्ता भएकाहरुको तीव्रताका साथ खोजी गर्न, घाइतेहरुलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई सुरक्षित स्थानमा बसोबासको प्रवन्ध मिलाउन सरकारसंग माग गरेका छन ।

प्राकृतिक विपतको यस घडीमा वेपत्ताहरुको तीव्रताका साथ खोजी गर्न, घाइतेहरुलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामाग्रीहरु- खाद्यान्न, लत्ता कपडा, भाडाकुडा, औषधी र अस्थायी बसोबासको तत्काल व्यवस्था गर्न सभापति देउवाले सरकारसँग गरेका हुन ।

सभापति देउवाले सिन्धुपाल्चोकमा पछिल्लो समय पटक-पटक पहिरोले क्षति गरेको तथ्य दृष्टिगत गर्दै भू–गर्भ विद्हरुले औंल्याएका जोखिमका वस्तिहरुका नागरिकलाई सुरक्षित स्थानान्तरण अविलम्ब गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएका छन ।

पहिरो पीडितको उद्वार र राहतमा थप सक्रियताका लागि सभापति देउवाले पार्टीका नेता तथा कार्यकर्तलाई अपील गरेका छन । घटनास्थलमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चारमन्त्री महोन बहादुर बस्नेत पुगेर पीडितहरुको पीडामा मल्हम लागाएका छन । खेलकुद विभाग प्रमुख समेत रहेका बस्नेतको साथमा पुगेको नेपाली कांग्रेसका दर्जनौ नेता तथा कार्यकर्ताहरु राहत र उद्दारमा जुटेका छन ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं. ७ का तीन स्थान- नागफुजे, भिरखर्क र नेवार टोलमा पहिरो जाँदा ठूलो धनजनको क्षति भएको छ ।

सभापति देउवाले पहिरोमा जीवन गुमाउनेहरुको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन ।

तस्बीर : हेमन्त श्रेष्ठ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *