काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालको भूमिका विभाजन भएपछि अब को शक्तिशाली भन्ने प्रश्न उठको छ । पहिलो अध्यक्षका रुपमा ओलीले सरकार सञ्चालन गर्ने र दोस्रो कार्यकारी अध्यक्षको रुपमा रहेका दाहाले पार्टी सञ्चालन गर्ने भएपछि पार्टी र सरकार कस्को शक्ति बलियो भन्ने प्रश्न उठेको हो । दाहाललाई कार्यकारी अध्यक्षको भूमिका दिने सहितका विभिन्न निर्णय गर्दै सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक सकिएको छ ।
शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यक्ष केपी ओली सरकारको काममा केन्द्रित हुने र अर्का अध्यक्ष प्रचण्ड कार्यकारी अध्यक्षको भूमिकासहित पार्टीको नेतृत्वमा रहने निर्णय गर्यो । बैठकले सरकारको काम कारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने पनि निर्णय गरेको छ । तर महत्त्वपूर्ण मुद्दा र विषयमा भने पार्टीसँग समन्वय गर्ने पर्ने सर्त राखेको छ । पार्टीमा छलफल गरेर मात्रै निर्णयमा पुग्ने निर्णय गरेपछि यसअघि एकल निर्णय गर्दै आएका प्रधानमन्त्री ओलीको शक्ति खुम्चिएको धेरैले विश्लेषण गरेका छन् । एकतातिर प्रचण्ड पार्टीको कार्यकारी भूमिका र अर्को तर्फ महत्त्वपूर्ण विषयमा प्रचण्डकै नेतृत्वमा छलफल गर्नुपर्ने भएपछि ओलीको आउँदो भूमिकाको विषयमा बहस सुरु भएको हो । \
प्रधानमन्त्री ओली अधिकार बिनाको सेरमोनियल अध्यक्ष भएकै हुन् या होइनन कि उनी अझै शक्तिशाली भए ? यस्तो प्रश्न उठको छ । सत्तारुढ नेकपामा रहेका दुई अध्यक्षबीच यसअघि पनि कार्यकारी भूमिकाको विषयमा विवाद थियो । गत ४ मंसिरको सचिवालय बैठक अघिसम्म ओली सरकार र पार्टी दुवैतिर कार्यकारी अधिकारसहित शक्तिशाली थिए । तर, ४ मंसिरको सचिवालय बैठकले पार्टी अध्यक्षको कार्यकारी अधिकार दोस्रो वरीयताका अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको थियो । तर पनि प्रचण्डले कार्यकारी अधिकार प्रयोग गर्न पाएका थिएनन् । केही बैठकहरूको अध्यक्षता गर्नुबाहेक उनले कार्यकारी भूमिका देखाउन पाएका थिएनन् ।
तर, पार्टीको शक्तिशाली निकाय स्थायी कमिटीको पछिल्लो निर्णयपछि प्रश्न उठेको छ, ओली अधिकार बिनाको सेरमोनियल अध्यक्ष भएकै हुन् त ? जनयुद्धकलामा झैँ प्रचण्ड साँच्चिकै नेकपाको ‘सुप्रिमो’ बनेका हुन् ? अब बन्ने ओली दाहालको समन्वयमा भर पर्ने बताइन्छ । ‘दाहालले ओलीसँग अब कसरी समन्वय गर्छन त्यसमा भर पर्ने छ’, ओली निकट एक सदस्यले भने उनका अनुसार धेरै समयसम्म ओलीलाई अलग राखेर पार्टी चलाउन खोजे अर्को दूघर्टना हुने ती नेताको भनाई छ । दाहालले बैठक राख्न खोजे ओलीले अवरोध गर्ने ओलीले सरकार एकलौटी ढंगले सञ्चालन गर्न खोजे दाहलाले अवरोध गर्ने काम भैरहेको खण्डमा भने पूरानै अवस्था दोहोरिने संभावना रहेको पनि ओली निकट स्रोतको दावी छ ।




