ताजा समाचार

निवर्तमान अर्थमन्त्रीलाई आर्थिक सल्लाहकार कि अमेरिकाको राजदूत ?

काठमाडौं । निर्वतमान अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी ओलीले आर्थिक सल्लाहकार बनाउने कि राजदूत बनाउने भन्ने बारेमा दोधारमा रहेकन छन् । तर खतिवडाको मन भने बालुवाटार भन्दा अन्यत्रै जान पाए हुन्थ्यो भन्ने देखिन थालेको छ । उनी यतिबेला अमेरिकी राजदूत बन्ने लाइनमा लागेका छन् ।

खतिवडा निकट स्रोतका अनुसार, उनलाई अहिले अर्थमन्त्रीबाट खुस्काउन र उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि उकास्नमा ओलीकै निकट मानिएका महासचिव विष्णु पौडेल र ओलीकै किचेन क्याबिनेटमा रहेका प्रमुख सल्लाहकार विष्णु रिमाल सम्म लागेका बुझाईमा खतिवडा छन् । उनले आफु निकटकालाई अचेल धुम्बाराहीस्थित निवासमा बसेर त्यस्तै ब्रिफिङ गर्न थालेका छन् । ओलीको किचेन क्याबिनेटमा रहेका सल्लाहकारहरु विष्णु रिमाल देखि राजन भट्टराईसम्म आफ्नो बालुवाटार प्रवेश रोक्न अहिले तानाबानामा लागेको र त्यही टिमसँगै दैनान्दिन बालुवाटारमा वसेर प्रधानमन्त्री ओलीलाई सहयोग गर्न नसक्ने खतिवडाले बताउन थालेका छन् ।

प्रधानमन्त्री ओलीले भने खतिवडालाई क्याबिनेटबाट मन्त्रीस्तरको सेवा सुविधा दिलाउने गरी प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारका रुपमा नियुक्ति दिलाउन खोजेका थिए । तर खतिवडाले त्यस्तो प्रधानमन्त्रीको रुचीमा खास इन्टेस्ट देखाएका छैनन् । उनले आफुलाई बरु अमेरिकाको राजदुतका रुपमा नियुक्त गरेर पठाउन ओलीसँग सिधै नभएपनि सन्देशवाहकमाफर्त कानसम्म सन्देश पुर्याउन थालेका छन् । अमेरिकामा अहिले राजदुत पद रिक्त छ । वालुवाटारमा रिमाल, भटटराई, सूर्य थापा लगायतका सल्लाहकारहरुको घेराभित्र वसेर काम गर्नुभन्दा अमेरिकाको राजदुत भएर जानु हितकर हुने वुझाईमा यतिवेला खतिवडा छन् ।

ओलीले उनलाई सरकार वाहिर रहेपनि महत्वपूर्ण जिम्मेवारी दिने वताईसकेका छन् । त्यस्तो जिम्मेवारीका हकमा उनले अमेरिकाको राजदुत आफनो पहिलो रोजाईको पद हुने सन्देश ओलीकँहा पुर्याएका छन् । अब ओलीले आफुले चाहे अनुसार उनलाई बालुवाटारभित्रको किचेन क्याबिनेट भित्र हुल्ने र आर्थिक सल्लाहकार बनाउने या खतिवडाले चाहे अनुसार अमेरिकाको राजदुत भएर जाने रु यी दुई मध्ये एक विकल्पमा खतिवडाको अबको कामको टुग्गो लाग्ने स्रोतको भनाई छ । तर अमेरिकाको राजदूतामा पार्टीका नेताहरुले पनि आँखा लगाएका कारण उनको संभावना अलि कम हुँदै गएको बताइन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *