काठमाडौं । ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेको मध्ये ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेको मध्ये ६ जनामा संक्रमण भएको ललितपुर प्रहरी परिसरका डिएसपी सन्तोष तामाङले जानकारी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले लागू गरेको निषेधाज्ञा उल्लंघन गर्दै ललितपुरको पुल्चोकमा स्थानीय युवाले रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग झडप हुँदा नौ जना पक्राउ परेका थिए ।
जस मध्ये ६ जनालाई संक्रमण भएपछि प्रहरीले हाजिर जमानीमा छाडेको छ । उनीहरुलाई आइसोलेशनमा पठाएको पनि प्रहरीले जनाएको छ ।




