बागमती प्रदेश

सभामुखका भतिजा र पूर्वसांसदको संरक्षणमा गिटी बालुवा तस्करी, नक्कली भ्याट बिल काण्डमा मुछिएका श्रेष्ठ फरार

काठमाडाैं । नदिजन्य उत्खननमा सरकारले बनाएको मापदण्डलाई लत्याउदै राजनीतिदलको आडमा बालुवा तस्करी हुने गरेको पाइएको छ। हरेक बर्ष असारदेखि भदौ महिनासम्म नदीबाट बालुवा र ढुंगागिट्टी या अन्य उत्खनन समेत गर्न पाइदैन । यसरी निकालेको पाइएमा कानुनअनुसार कैद र जरिवानासमेत गराउने र निकाल्न प्रयोग हुने मेसिन, स्काभेटर,डोजर,या अन्य कुनै पनि उत्खननको लागि प्रयोग गरिने औजार जफत गर्ने गरिन्छ। यसको बिपरित सिन्धुपाल्चोकमा भने, राजनीति दलहरुको संरक्षणमा रातभर बालुवा निकाल्ने गरेको पाइएको छ।

सिन्धुपाल्चोकको तीन नदि बलेफी, भोटेकोसी, सुनकोसिको सुकुटे र इन्द्रावतीका विभिन्न स्थानमा बालुवा तस्करीको एक समूहले राजनीति आड र जिल्ला प्रशासन कार्यालयको सेटिङमा निर्वाध रुपमा रातभर बालुवा निकाल्ने र बिक्री गरेको बालुवाको नक्कली भ्याट बिलमार्फत् काठमाडौं तस्करी गर्ने गरेको पाइएको छ। नेकपा केन्द्रीय सदस्य माधब सापकोटा सुबोध र पूर्बसासद शुभाष कर्मचार्यको संरक्षणमा रातभर बालुवा निकाल्ने गरेको सूचना श्रोतको दाबी छ। अवैध रुपमा बालुवा निकाल्ने मात्र नभई उक्त समूहले राजस्वसमेत छलि गर्ने गरेको पाइएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले एकैचोटि २८ वटा टिपर नियन्त्रणमा लिएपछि अवैध बालुवा चोरी गरि निकाल्ने रहस्य खुलेको हो।

सिन्धुपाल्चोकका नेकपा नेता सापकोटा र कर्मचार्यले राजनीतिक संरक्षण दिएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले समेत कुनै चासो देखाएका छैनन् । दलको संरक्षणमा ठेकेदारले अवैध रुपमा खोलामा स्काभेटर लगाएर बालुवा तथा ढुंगागिट्टी निकाल्न थालेपछि स्थानीयले समेत प्रहरीलाई खबर गर्न थालेको एक स्थानीयले बताएका छन। तस्करी गरी निकालेको बालुवा राजधानी लैजान समस्या देखिएपछि बिकाश श्रेष्ठ भनिने, कृष्ण श्रेष्ठले नक्कली भ्याट बिल प्रयोग गरि प्रति टिप्पर एक हजार असुलेको समेत टिपर व्यावसायिकहरुले बतएका छन। टिपर व्यावसायिक भन्छन्, हामीले बालुवा किनेर राजधानी लैजान त्यस्तो केहि गरेको छैन, तर बिकाश श्रेष्ठ सप्लार्यसले हामीलाई प्रहरी चेकजाँचबाट उम्कनको नक्कली भ्याट बिल दिने गरेको उनीहरुले बताए।

नेकपाका नेता  सापकोटा र पूर्वसासद कर्मचार्यले नक्कली भ्याट बिल प्रयोग गरि राजस्व छली गर्ने बिकाश श्रेष्ठ सप्लार्यसलाई बचाउनको लागि समन्वय समिति र जिल्ला प्रशासन कार्यालयलाई दबाब दिइरहेका छन। श्रेष्ठ अहिले सापकोटा र कर्मर्चायका निकट छन । प्रहरीले बालुवा बोकेर राजधानी जादै गरेको टिप्परको भ्याटबिल चेक जाँच गर्ने क्रममा यसरी राजस्व छलि र गैरकानुनी काम गर्नेमा कृष्ण भन्ने विकास श्रेष्ठ नेतृत्वको टोली रहेको पाइएको प्रहरीले बताएको छ। उनीहरुले फरक-फरक भ्याट बिल काटेर काठमाडौ पठाउने गरेका थिए। प्रहरीले एकै ठाउँबाट बालुवा ल्याउँदा पनि फरक-फरक बिल देखेपछि शंका लागेर टिपर नियन्त्रणमा लिएको थियो। अहिले श्रेष्ठको नेतृत्वमा विल काटिएको ६ वटा गाडी भने जिल्ला समन्वय समितिको निगरानीमा रहेको छ। ६ वटा टिप्परलाइ दिइएको बिल नक्कली भएको खुलेपछि नेता द्वयले श्रेष्ठलाई बचाउन समन्वय समितिका प्रमुख र जिल्ला प्रशासन कार्यालयमा विभिन्न दबाब दिन थालेका छन। नियन्त्रणमा लिइएको टिप्पर भने, ‘अहिले अनुसन्धानकै क्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले भने, उनीहरुले काटेको भ्याट बिल ‘नक्कली प्रमाणित भएमा राजस्व चुहावट आकर्षित हुन्छ।’ त्यहि अनुसार मुद्दा चल्ने छ। प्रहरी भन्छन्, हामीले कार्बाही गर्न मिल्दैन कारबाही गर्ने अधिकार जिल्ला समन्वय समितिलाई भएकाले राजस्व पठाउने या यहि कर्बाही गर्ने समन्वयको अधिकार भएको प्रहरीले जनाएको छ। ‘नक्कली भ्याट बिलको प्रयोग भएको पाइएमा राजस्व छलि हुन्छ र त्यसको बेग्लै अनुसन्धान पछि राजस्व अनुसन्धान विभागले कार्बाहि गर्नेछ।

टिपर नियन्त्रणमा लिएपछि सप्लायर्स विकाश श्रेष्ठ भने फरार भएका छन्। दुई महिनादेखि जिल्ला समन्वय समिति सिन्धुपाल्चोक र जिल्ला प्रशासन कार्यालयलाई यो बारेमा जानकारी भए पनि मौन बसेको स्थानीयहरुको आरोप छ। सेटिङमा निकालिएको तस्करी बालुवा सप्लाइ गर्दा नक्कली भ्याटबिल प्रयोग गर्दै राजस्व छलि गर्ने श्रेष्ठको खोजी प्रहरीले खोजी तीव्र पारेको छ। रातभर नदि बगरबाट निकालिएको बालुवा सप्लाइ गर्न तस्कर समूहले विभिन्न खाले नक्कली भ्याट बिल प्रयोग गरेपछि सिन्धुपाल्चोक प्रहरीले बालुवा सप्लायर्सलाई कुनै पनि बिल नकाट्न भन्दै जानकारी गराएको थियो। भ्याट बिल काटेपछि राजस्व बुझाउनुपर्नेमा कतै नबुझाएर तस्करी गर्ने गरेको र उक्त रकम राजनीतिक दलहरुलाई बुझाउने गरेको स्रोतको दाबी छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *