काठमाडाैं । विवाद समाधानका लागि गठित नेकपा कार्यदलको प्रतिवेदनप्रति माधव नेपालले सचिलाय बैठकमा धेरै विषयहरु सच्याउनु पर्ने भन्दै असन्तुष्टि जनाएका छन् । कार्यदलको प्रतिवेदन समस्या पन्छाउने साधन बन्न नहुने भन्दै नेपालले पार्टीभित्रका सम्पूर्ण समस्या समाधान गर्ने खालको हुनुपर्नेमा जोड दिएका छन् ।
बिहीबारको नेकपा सचिवालय बैठकमा नेता नेपालले भनेका छन्, ‘प्रतिवेदनमा धेरै कुराहरू अमूर्त र अपूर्ण छन् । यो जस्ताको तस्तै पास गर्न सकिँदैन । धेरै कुरा सच्याउन जरुरी छ ।’ नेकपाको अन्तरविरोध समाधानका लागि बनेको सुझाव कार्यदलको प्रतिवेदनप्रति अधिकांश बुँदाहरु सच्याउने पर्ने भन्दै असहमति व्यक्त गरेका नेपालले मूलत पार्टी विधानको उल्लंघन भएको जनाएका थिए । उनले पार्टीमा देखिएको समस्यालाई पन्छाउने तरीकाले कोही कसैलाई छुट नभएको धारणा राख्दै पार्टीमा पटक पटक गरिएका निर्णयहरु किन कार्यान्वयन भएनन कसका कारणले कार्यान्वयनको चरणमा पुगेनन भन्दै पार्टी सञ्चालन र निर्णयमा कसका कारण गतिरोध उत्पन्न भएको यो विषयलाई व्याख्या गरेर प्रतिवेदन सच्याउनु पर्ने बताएका थिए ।
नेपालले सरकार सञ्चालनमा पार्टीले सुझाव दिने हो कि भ्रष्टचार भएको विषयमा पार्टी टुलुटुलु हेरेर बस्ने भन्दै सरकारमा बसेर भ्रष्टचार भएको भन्ने बाहिर आवाज आउदा समेत किन छानवीन हुन सकेको छैन भनेर प्रश्न उठाएका थिए ।




