देश

समस्या एकातर्फ सरकार अर्काेतर्फ

रोम जलिरहेछ,सम्राट निरो झ्यालबाट हेर्दै बांसुरी बजाइरहेछ। प्राकृतिक बिपत्तिका कारण बर्षायामको बाढिपहिरोबाट ठूलो धनजनको क्षति र विश्व मानवजगतलाई त्राहिमाम बनाइरहेको काभिड -१९ ले नेपालजस्तो अल्पबिकसित मुलुकले यो संकटको सामना गर्न आफ्नो सामर्थ्यले धान्न कठिन भैरहेको बेला संकट समाधान तिर लाग्नुपर्ने सरकार जनताको अगाडि झन कालजयी बनेर देखापरेको छ। ६/७ महिना अगाडिबाट  सुरुभएको लकडाउनले पनि कोभिड- १९ नियन्त्रण गर्न ओली सरकार पूर्णतया असफल भएपछि कोरोना भाइरसले बिकराल रुप लिएकोछ।पछिल्लो दुई महिनाको अबधिमा कोरोना भाइरसबाट मर्ने को संख्या  २५७ नाघेकाे छ। करिब  ४३ हजार नजिक कोरोना संक्रमितको संख्या  पुगेकोछ।
कोभिड -१९ नियन्त्रणका लागि थप संक्रमित हुन नदिने र संक्रमित भएकालाई उचित ब्यबस्थापन गर्ने पर्याप्त समय हुंदाहुंदै सरकार रमिते बनेकोले आज समुदाय स्तरमा डरलाग्दो गरि कोरोना भाइरस फैलिएको छ । सरकारले अझैसम्म क्वारेन्टाइन र आइसोलेसनको ब्यबस्थापन गर्न सकिरहेको छैन । यस बिषयमा २०७७ बैशाख १३ गते मैले निकट भविष्यमा यो माहामारीका कारण  भयावह अवस्था आउनसक्ने र राष्ट्रले थेग्न सक्नेछैन भन्दै ओली सरकार लकडाउन र यसले पार्ने प्रभाव शीर्षकमा  एउटा लेख लेखेको थिए।  सरकारलाई जिम्मेवार र कर्तव्यबोध गराउन म जस्ता सचेत नागरिक र  बुद्धिजीवीहरुले आफ्ना अभिव्यक्तिमार्फत सरकारलाई झकझक्याइ रहेका थियौं। तर, ओली सरकार कानमा तेल हालेर बसिरहेको थियो र बसिरहेको छ। समृद्धि र स्थिरताको सपना देखाएर,जनतामा झुट र भ्रमको पुलिन्दा बांडेर सत्ता र कुर्सीको बचाउमा लागेको छ।

राष्ट्र र जनताको हितमा बोल्ने नागरिक र बौद्धिक बर्गप्रति उल्टो प्रतिक्रियात्मक जवाफ दिने,परचक्री ठान्ने,निरंकुश हठवादी सोच भएको कम्युनिस्ट ओली सरकारबाट राष्ट्रले ठूलो मुल्य चुकाउनुपर्ने हुन्छ।

आइसोलेसन केन्द्रमा दिनदहाडै भैरहेको आत्महत्या ,बलात्कार ,अस्पताल लैजादा लैजांदै मृत्युवरण गर्नुपरेको कारुणिक वेदना सामाजिक सञ्जालदेखि टेलिभिजन र पत्रपत्रिकामा भेटिएका छन। कोरोना नियन्त्रणका लागि यहि श्रावण मसान्तसम्म १३ अरब ३७ करोड रुपैया राष्ट्रिय ढुकुटी सकिएको सरकारी तथ्यांक बाहिर आएको छ। सरकारको आवश्यकता नै जनस्वास्थ्यको लागि हो। तर आजको चुनौतीको सामना गर्न पूर्ण रणनीति र ईमानदारिताको हो। कोरोना नियन्त्रण गर्ने चमत्कारी काम भएकोछ भन्दै प्रसंसामा समय बर्बाद गरिरहेको छ। प्रोपोगन्डाले भरिपूर्ण प्रधानमन्त्रीको एक्सन र रिजल्टमा शून्य देखिदा जनतामा सरकारप्रति  व्यापक निराशा ,बितिष्णा,र घृणा उत्पन्न हुनु स्वभाबिकै हो। सरकारको लक्ष्य नागरिकको जीवन रक्षा हुनुपर्नेमा सरकार स्वयं भ्रष्टाचारमा लिप्त भएर आर्थिकोपार्जनमा लागेको छ। सरकारका मन्त्रीहरुको गैरजिम्मेवार व्यबहार र अभिव्यक्ति देख्दा  र सुन्दा हठात मनोवृत्ति र निरंकुशताले भरिएको हिंस्रक जनावरजस्तो देखिएको छ। डब्लु .एच. ओले समेत नेपालमा भैरहेको बढ्दो भ्रष्टाचारलाई लक्षीत गरेर यस्तो संकटमा भ्रष्टाचार गर्नु हत्या हो,माहां अपराध हो भनेकोछ।
मानव इतिहासको चरणमा धेरै बिद्वान र दार्शनिक हरुले जन्म लिए। कोहि मानव समाजको लागि बहुउपयोगी भए त कोहि निरर्थक भए । जसका ज्ञानले मानव समाज लाई ज्ञानी,गुणी,अनुशासित,सुसंस्कृत,चारित्रीक  र सभ्य बन्न सिकाएको छ,तिनैलाई नै बौद्धिक ,दार्शनिक मान्न सकिन्छ जस्तै:-गौतम बुद्ध,अब्राहम लिंकन,माहात्मा गान्धी ,नेल्शन मन्डेला आदि। गौतम बुद्धले सारा मानवलाई विश्व शान्ति मार्गमा हिंड्न सिकाए। माहात्मा गान्धिले अहिंसात्मक आन्दोलले बृटिस साम्राज्यवादलाई परास्त गर्व सकिन्छ भन्ने पाठ सिकाए। अब्राहम लिंकनले कुनैपनि मानिसको आफ्नो निजि तथा ब्यक्तिगत स्वतन्त्रता हुन्छ ,त्यस्मा कसैले हस्तक्षेप गर्न  हुंदैन र मिल्दैन। प्रजातन्त्रको व्याख्या सहित जो कोहि आफ्नो अधिकार र कर्तब्यको बारेमा स्वयं ब्यक्ति नै कर्तब्यबोध हुनु पर्दछ भन्ने दर्शन छोडेर गए। नेल्सन मन्डेलाले कहिले पनि गोरा र कालाको बीचमा बदलाको भावना लिएनन। उनी जब जेलबाट छुटे तब उनले आफ्नो सम्बोधनमा दक्षिण अफ्रिकाको संविधानको दृष्टिकोणमा सम्पूर्ण जनता समान छन भन्ने उदारता देखाए। यिनै ब्याक्तित्व हरु मानव समाजको समस्या को समाधान थिए।
साम्यवादका जननी कार्लमार्क्सका बिचार र दर्शनका कारण संसारमा मानव मानवबीच द्वेष ,बदला,हिंसा,कलह उत्पन्न गराइदियो र समाजमा बिभाजनको रेखा कोरिदियो।  मार्क्सको बिचारबाट अभिप्रेरित कम्युनिस्ट नेताहरुले आफू इतरका  फरक बिचार बोक्ने नागरिक को नृशंस कत्लेआम गरे। कम्बोडियाका क्रुर शासक पोलपोटले आफ्नो ४ (चार)बर्षे कार्यकाल मा (सन १९७५ देखि १९७९) सम्म ३३ लाख कम्बोडियन नागरिक ,कुल जनसंख्याको पच्चिस प्रतिशत नागरिकको हत्या गरे। त्यसैगरी भियतनामका कम्युनिस्ट शासक होच हि मिन्हले सन २१४५ देखि १९६९ सम्म दुई मिलिअन(बीस लाख)भियतनामि नागरिक हरुको हत्या गरे। त्यसैगरी रसिया तात्कालिक यु.एस.एस.आरका तानाशाह  स्टालिनले उनको कार्यकालमा झन्डै एक करोड  नागरिकको हत्या गरे।त्यस्तै युगोस्लाभीयाका जोसिप ब्रोज टिटो(मार्शल टिटो)ले उनको कार्यकाल मा सन १९४५ देखि १९८० सम्म १,लाख ३० हजार युगोस्लाभ नागरिकको हत्या गरे। यसरी कम्युनिस्ट बिचारबाट मानव संहार भएको तितो  इतिहास हाम्रा सामु  जीवित छ। त्यसकारण कम्युनिस्ट दर्शनका ज्ञाताले हिंसा र हत्याको पाठ सिकाए र सोही अभ्यासका कारण समाज बिखन्डन र क्षतबिक्षेत बनेको छ।

राष्ट्रिय सवाल:- अहिले हाम्रा सामु तीनवटा गम्भीर चुनौती छन:-

कोरोना बाट बच्ने बचाउने र राष्ट्र बचाउने।

बिदेशमा रहेका ३०/३५ लाख नेपालीलाई यथाशक्य आफ्नो देश फिर्ता ल्याउने र तिनको ब्यबस्थापन गर्ने।

 राष्ट्रिय स्वाभिमान ,सार्बभौमसत्ता ,राष्ट्रिय अखन्डता,र बिकास का लागि राष्ट्रिय सहमति गरेर राष्ट्रिय नीति तय गर्ने।

माथि उल्लेखित तीन वटै बिषयमा ओली कम्युनिस्ट सरकार जिम्मेवारीबाट दूर र च्युत हुंदैगएको छ । लकडाउनको समय  अवधिभर यो माहामारी संकटबाट आइपर्ने चुनौतिको सामना गर्ने उपाय पहिल्याएर समाधान खोज्नुको सट्टा सरकार कुहिरोको कागजस्तै रनभुल्लमा परेको देखिन्छ । जनसरोकारलाई सम्बोधन गर्न र कोरोना भाइरस नियन्त्रण गर्न पहल कदमी लिएको पाइंदैन।निरन्तर लकडाउन र निषेधाज्ञाले मात्र समस्याको समाधान हुंदैन।प्रत्यक नागरिकले सुरक्षा आचरणलाई ख्याल गर्दै आफ्नो व्यापार ब्यबसाय संचालन गर्दा नागरिकको दैनिक जीवनमा सहजीकरण हुँदै जान्छ र राज्यको आर्थिक अंगहरु चलायमान हुन थाल्छ । आर्थिक संकटबाट वच्न सकिन्छ । तर सरकार लकडाउन मात्रै कोरोना नियन्त्रणको उपाय हो भन्ने अल्पज्ञानले ग्रसित छ। पर्यटन ब्यबसाय ठप्प छ। अन्तर्राष्ट्रिय उंडान ६/७ महिनादेखि संचालनमा छौनन। होटेल ब्यबसाय बन्द छन। बिदेशबाट घर फिर्ता हुनेको ओइरो लागेको छ। उद्याेग, कलकारखानाहरु बन्द छन।लाखौं नागरिक को रोजगारी गुमेको छ । यस्तो बिकराल अवस्थामा बैकल्पिक प्रभावकारी उपायका लागि सरकार मुकदर्शक बनेको छ।
२०२० मार्च महिनादेखि नै कोरोना नियन्त्रण गर्न पटकपटक नेपाली जनताले ओली सरकारलाई सुझाव र सल्लाह दिंदापनि सुझावलाई बेवास्ता गर्नु ओली सरकारको घमण्ड नै संकटको जड हो। यसबाट समाधान देखिन्न ।गम्भीर खालका बिरामीको लागि आवस्यक भेन्टिलेटर र आइसीयु वार्डको ब्यबस्था छैन। राज्यको ढुकुटी बिलाशी गाडी खरिद गर्न र भ्रष्टाचारमा सकाएका छन। यी सबै कम्युनिस्ट सरकारको चरीत्र र व्यबहारको उदाहरणिय पक्ष हुन।राष्ट्र र नागरिकको समस्यामा कम्युनिष्ट सरकारलाई कुनै प्रबाह छैन। सरकार रमिते बनेको छ। जनताको दुख र पीडामा रमाउने अधिनायकवादी शासकको चरित्र हुने हुनाले भोक रोग र उपचार न पाएर छट्पटीएका नागरिकप्रति  दया र करुणा पटक्कै देखिदैन। नागरिकको अबिभावक सरकार नै  भ्रष्ट बनेपछी नागरिकले दुख,कष्ट ब्यहोर्नु र सहनु बाहेक  विकल्प केही हुनेछैन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *