रिबन

२४ घण्टामा १ हजार ६९ जना संक्रमित थपिए, ७६८ डिस्चार्ज

काठमाडौं। २४ घण्टामा देशभर १ हजार ६९ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित मध्ये ७ सय २६ जना पुरुष र ३ सय ४४ जना महिला छन । नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्र आज ४८१ संक्रमित थपिएका छन । काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जोगेश्वर गौतमले नियमित प्रस ब्रिफिङको क्रममा जानकारी दिए ।

१२ हजार ८८ जनाको पीसीआर परिक्षण गर्दा १०६९ जना संक्रमित भेटिएका हुन । शनिबार ६ सय ६८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन । डिस्चार्ज हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको छ । संक्रमित निकोहुने दर ५५ प्रतिशत रहेको छ ।

संक्रमितको संख्या १८ हजार १ सय २ छ । जसमध्ये ७ हजार २ सय ८० जना होम आइशोलशन र १० हजार ८ सय ३२ जना संस्थागत आइशोलेशनमा छन ।

क्वारेनटाइनमा ७ हजार ३ सय ९० जना छन । नेपालमा पीसीआर विधिबाट ७ लाख ५ हजार ५ सय ६० जनाको परिक्षण भएको मन्त्रालयका प्रवक्ताले जानकारी दिए ।

सोलु,मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्ला कोरोना मुक्त बनेका छन । मोरङ, सुनसरी धनुषा, पर्सा, महोत्तरी, रौतहट,सर्लाही,बारा, चितवन, रुपन्देही ललितपुर र काठमाडौं गरी १२ जिल्लमा संक्रमितको संख्या ५ सय नाघेको छ ।

संक्रमितहरु मध्ये १२७ जना आइसीयु र १७ जना भेन्टिलेटरमा उपचाररत छन ।

कोरोना संक्रमणबाट आज थप ११ जनाको निधन भएको छ । यो संगै मृतकको संख्या २३९ पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *