काठमाडौं। २४ घण्टामा ८ सय ९९ जना कोरोना संक्रमित थपिएका छन । जसमध्ये ५ सय ९६ जना पुरुष र २ सय ३ जना महिला छन । नेपालमा संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।
२४ घण्टामा ८ सय ८८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन । हलासम्म कोरोनालाई जितेर हालसम्म २१ हजार ४सय १० जना डिस्चार्ज भएका छन । निको हुने संक्रमितको दर ५४ प्रतिशत छ ।
सक्रिय संक्रमित १७ हजार ८ सय २२ रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पा.डा जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङमार्फत जानकारी दिए । जसमध्ये १० हजार ७ सय १ जना संस्थात आइशोलेशन र ७ हजार १ सय २१ जना संक्रमित होम आइशोलेशनमा छन । क्वारेन्टाइनमा ७ हजार ३ सय ३७ जना छन ।
११ हजार १ सय २९ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा ८९९ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा ६ लाख ९३ हजार ४ सय ७२ जनाको पीसीआर विधिबाट परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आईसीयुमा १३२ र १६ जना भेन्टिलेटरमा उपचाररत छन । मृतकको संख्या २२८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




