काठमाडौं । सैनिक मूख्यालयमा डिउटीमा खटिएका एक सैनिकले आफैले बोकेको बन्दुकले गोली हानी आत्महत्या गरेका छन् ।
भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका एक सिपाहीले आत्महत्या गरेको सैनिक जनसम्पर्क निर्दैशनालयल जनाएको छ ।
ड्युटीको समयमा ती सिपाहीले ड्युटीमा रहँदा बोकेको बन्दुकले आफ्नो कन्चटमा गोली हानेर आत्हत्या गरेको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।




