काठमाडौं। २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको निधन भएको छ । ४ महिला र ८ पुरुष गरी सात जनाकोे मृत्यु भएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ ।
मंगलबार नियमित मिडिया ब्रिफिङमार्फत स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा .जागेश्व गौतमाले मोरङमा दुई ,भक्तपुर र मकवानपुरमा एक/ एक महिलाको मृत्यु भएकोे पुष्टि गरेका हुन । यसै गरी उनले उदयपुर, पर्सा, धनुषा, सिराह, झापा, चितवन, कास्की र रुपन्देहीमा एक/एक पुरुषको कोरोना संक्रमणका कारण निधन भएको प्रवक्ता गौतमले जानकारी दिए ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २५ पुगेको छ । यो मृत्युदर ०.५३ प्रतिशत हो । आसीयुमा १४६ र भेन्टिलेटरमा २२ जना उपचाररत छन । ४२ जनाले प्लाज्मा दान गरेका छन ।




