काठमाडौं। २४ घण्टामा ९ सय २७ जना कोरोना संक्रमित थपिएका छन । जसमध्ये ५ सय ९३ जना पुरुष र ३ सय ३४ जना महिला छन । नेपालमा संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।
२४ घण्टामा १ सय ७९ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन । हलासम्म कोरोनालाई जितेर हालसम्म २० हजार २ सय ४२ जना डिस्चार्ज भएका छन । निको हुने संक्रमितको दर ५६ प्रतिशत छ ।
सक्रिय संक्रमित १६ हजार १९ रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पा.डा जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङमार्फत जानकारी दिए । जसमध्ये ९ हजार ५ सय ७३ जना संस्थात आइशोलेशन र ६ हजार ४ सय ४६ जना संक्रमित होम आइशोलेशनमा छन । क्वारेन्टाइनमा ८ हजार ९ सय ३९ जना छन ।
१० हजार २ सय २९ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा ९२७ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा ६ लाख ५८ हजार १ सय १० जनाको पीसीआर विधिबाट परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा उपत्यकमा ४१५ जना संक्रमित थपिएका छन । आज काठमाडौंमा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ गरी ४१५ जनामा कोरोना पुष्टि भएको छ ।
आसीयुमा १४६ र भेन्टिलेटरमा २२ जना उपचाररत छन । ४२ जनाले प्लाज्मा दान गरेका छन ।शुक्रबार १२ जना संक्रमितको निधन भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ ।




