राजनीति

नेकपा सचिवालय बैठक पुनः स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । भोलि शनिबार बस्ने तय भएको सचिवालय बैठक आउँदो १८ गतेसम्मका लागि स्थगित भएको छ ।

नेकपा शीर्ष नेताहरुबीच विवादले गर्दा यसपटकको सचिवालय बैठक स्थगित भएको होइन । उपत्यकामा कोरोना संक्रमण अत्याधिक फैलिएको र स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेकाले बैठक स्थगित गरिएको समाचारमा जनाइएको छ ।

नेकपाका सचिवालय सदस्यद्वयसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादलको सम्पर्कमा रहेका व्यक्तिमा कोरोना पुष्टि भएसँगै बैठक स्थगित गरिएको एक नेताले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *