ताजा समाचार

मन्त्रिपरिषद बैठकका २२ निर्णय : प्रमुख सेनानीको बढुवादेखि अस्थायी दरवन्दी सिर्जनासम्म

काठमाडौं । सरकारले भदौं ९ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद वैठकका २२ वटा निर्णय सार्वजनिक गरेका हुन ।

मन्त्रिपरिषद बैठकले नेपाली सेनाका प्रमुख सेनानी सरोज कुमार अधिकारीसमेत तीन प्रमुख सेनानीहरूको बढुवा गरी पदस्थापन गर्ने र महासेनानी दिपेश जंग शाहसमेत १२ जना महासेनानीहरूको सरुवा गर्ने निर्णय गरेको छ । नेपाली सेनाका प्राविधिक प्रमुख सेनानी सुमित्रा मुलेपतीलाई प्राविधिक महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने निर्णय समेत गरेको छ ।

बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि बन तथा वातावरण मन्त्रालय अन्र्तगतका आयोजना तथा कार्यक्रमहरुका लागि राजपत्रांकिथ श्रेणीका ४५ अस्थायी दरवन्दी सिर्जना गर्ने निर्णय गरेको छ । यसै गरी सर्वोच्च अदालत र मातहतका उच्च अदालतहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय पत्रकार सम्मलेनमार्फत सार्वजनिक गरिएको छ ।

यस्ता छन मन्त्रिपरिषदका बैठकका २२ निर्णय


 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *