ताजा समाचार

पहिराेमा अभिभावक गुमाएका ८ बालिकालाई १२ कक्षासम्म निःशुल्क पढाउने पूर्वमन्त्री बस्नेतको घोषणा

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पहिरोमा अभिभावक गुमाएका ८ जना बालिकाको शिक्षा दिक्षाको जिम्मा लिने घोषणा गरेका छन । पूर्वमन्त्री बस्नेतले लिदी पहिरोमा अभिभावक गुमाएका ७ जना र जम्बु पहिरोमा अभिभावक गुमाएकी अर्की १ बालिकालाई कक्षा १२ सम्म निःशुल्क पढाउने घोषणा गरेका हुन । खेलकुद विभाग प्रमुखसमेत रहेका नेता बस्नेतले बुधबार प्रेस बक्तव्यमार्फत उक्त घोषणा गरेका हुन ।
लिदी पहिरोमा अभिभावक गुमाएर टुहुरो हुने स्मारिका दोङ, सविता दोङ, दुर्गा दोङ, कविता दोङ, कान्छि दोङ र एक नाम नखुलेकी बालिका र जम्बु पहिरोमा ५ जना परिवारका सदस्य गुमाएर एक्लै बाचेकी छिरिङ गोलेसहित ८ जनालाई १२ कक्षासम्म काठमाडौं उपत्यका भित्र रहेका स्कुलको होस्टलमा राखेर पढाउने घोषणा पूर्वमन्त्री बस्नेतले गरेका छन । पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई सम्पर्कमा आउन र ल्याउन सम्बन्धित व्यक्ति र उनीहरुका आफन्तलाई नेता बस्नेतले आग्रह गरेका छन ।
समाज र देश बदल्ने अभियानमा जुटेको दूरदर्शी र समयको पदचाप अनुरुच चल्ने नेताको रुपमा पूर्वमान्त्री बस्नेत परिचित छन । विकासप्रेमी, लोकप्रिय, प्रभावसाली,जुझारु र निश्कलंक छवीका नेता बस्नेतले कोरोना महामारीमा होस या लिदी, जम्बु र जुरेको पहिरो होस या भूकम्पको समयमा  जिल्लाबासीलाई तन,मन र धन खर्चिएर सहयोग गर्दै आएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *