राजनीति

ओली प्रचण्ड भेटघाट आजलाई स्थागित मंगलबार विहान तय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अन्तिम समयमा भेटवार्ता स्थगित गरी मंगलबारलाई सारिएको छ । महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफलका लागि भेटवार्ता तय भए पनि अन्तिम समयमा स्थगित भएको बालुवाटर स्रोतले जनाएको छ । सोमबार हुने भनिएको भेटघाटलाई मंगलबार सारिएको छ ।

पौडेल संयोजकत्वको कार्यदलले नेपाल भारत सीमा समस्याका लागि स्थायी कमिटीबाट विशेष प्रस्ताव पारित गर्न सुझाव दिएको थियो । भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल, पम्फा भुसाल सदस्य रहेको कार्यदलले बुझाएको प्रतिवेदनमा पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि विभिन्‍न सुझाव दिइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *