देश

वागमतीका मुख्यमन्त्री विरुद्ध ७० सांसदको हस्ताक्षर, अब चौलागाइको भाग्य खुल्ने !

काठमाडौ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको कुर्सी धरापमा परेको छ । नेकपा केन्द्रमा विवाद भएपछि त्यसलाई मिलाउन महासचिव विष्णु पौडेलेको संयोजकत्वमा गठित कार्यदलले प्रतिबेदन बुझाएसँगै पौडेलको पद धरापमा परेको हो ।

पार्टी भित्रको समस्य समाधानका लागि केन्द्रमा केही मन्त्रीहरु र प्रदेशमा केही मुुख्यमन्त्रीहरु प्रिवर्तन गर्ने बिषयमा छलफल भैरहेका बेला केन्द्रले मूख्यमन्त्री नहटाए प्रदेशका सांसद आफैले पनि मूख्यमन्त्री पौडेल विरुद्ध अविश्वासको प्रस्ताव तयार गरिरहेका छन् । मुुख्यमन्त्रीहरु मध्ये पनि बाग्मतीका डोरमणि पौडेल पहिलो रेड जोेनमा परेको एक प्रदेश सभा सदस्यले बताए । त्यसपछि कर्णाली प्रदेशका महेन्द्र बहादुर शाही र र ५ नं प्रदेशका प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलको समेत हेरफेर हुने संभावना बढेको बढेको छ । पोखरेलले मुख्यमन्त्री हुुँंदा आफु केन्द्रीय राजनीतिमा ओझेलमा परेको महसुुस गर्दै छोड्न चाहेको आफुु निकटहरुलाई बताउन थालेका छन् । त्यसो हुदा पोखरेलका ठाँंउमा पूूर्व माओवादीलाई र कर्णाली प्रदेशमा पूूर्व एमालेलाई दिने संभावना बढेको छ । बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेललाई केन्द्रमा बनेको कार्यदलले पविर्तन गर्न शिफारिस नगरे प्रदेशसभा सदस्यहरुले अविश्वस प्रस्ताव ल्याउने तयारी गरेका छन् । एक सदस्यले भने‘अविश्वासको प्रस्ताव ल्याउँदा अलिकति तितो मिठो गर्नुपर्ने हुन्छ सकेसम्म केन्द्रले उहाँलाई हट्न निर्देशन दियो भने सजिलो हुुन्छ भनेर पर्खेर बसेका छाैं । ति सदस्यका अनुसार प्रदेशसभाको संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी छ । यसका लागि ७० भन्दा बढि संसादले हस्ताक्षर गरेका छन् । १ सय १० सदस्य प्रदेशसभामा नेकपाका ९० सदस्य छन् ।

पौडेलको मुुख्यमन्त्री पद जाने करिव पक्का जस्तै छ । त्यसैले उनीपछि को भन्ने अनेक आंकलन शुरु भएको छ। प्रदेशसभामा सबै भन्दा वरिष्ठ सदस्य स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य हुन् । तर उनी शुरुमा नै संसदीय दलमा पौडेलसंग पराजित भएकी हुुन् । तर अष्टलक्ष्मी शाक्यले आफुु दलमा पराजित भएकोले नैतिकताका आधारमा मुख्यमन्त्री नबन्ने आफुु निकट प्रदेशसभा सदस्यहरुसंग बताएका एक नेताले बताए । शाक्यपछिका अर्का वरिष्ठ सदस्य राजेन्द्र पाण्डे हुन् । उनी पहिला पौडेलसंगै दावेदार थिए । तर शाक्य र पाण्डेको एउटै गुट परेकोले दलको नेतामा उम्मेद्धवारी दिएनन् । उनलाई ‘डाईनामिक’ नेताका रुपमा समेत लिने गरिएको छ । पाण्डेलाई यस पटक गुुटको हिसाबले समेत साथ दिएको छ।

केन्द्रमा सहमति भएको खण्डमा बाग्मती प्रदेश वरिष्ठ नेता माधवकुुमार नेपाल समूहको भागमा पर्ने बलियो संभावना छ । तर पाण्डेलाई स्थायी समिति सदस्य पशुुपति चौलागाई बाधक बन्ने संभावना बढेको छ । उनले अबको मुख्यमन्त्रीमा आफ्नो शशक्त दावी रहेको बताउदै आएका छन् । पाण्डेलाई शाक्यले समेत मन नपराउने भएपछि चौलागाईको संभावना बढेको एक नेताले बताए । पाण्डेप्रति वर्तमान आन्तरिक मामला तथा कानूूनमन्त्री शालिकराम जम्मरकट्टेल सकारात्मक छैनन् । उनी सके आफै बन्न नसके पाण्डेलाई कुनै हालतमा हुन नदिने रणनीतमा रहेको कारण चौलागाइको भाग्य खुल्न सक्ने स्रोतको दावी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *