ताजा समाचार

बेला बेला किन बिच्किन्छन इश्वर ?

 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा इश्वर पोखरेलको फरक धारणा आएको छ । नेकपाभित्रको विवाद समाधानका लागि गठन भएको कार्यदल अनुमोदन गर्ने सचिवालय बैठकमा रक्षामन्त्री समेत रहेका पोखरेलको फरक धारणा आएको हो ।

वालुवाटार निकट स्रोतका अनुसार सचिवालय बैठक बसिरहेका बेला दुई अध्यक्षले बनाएको कार्यदल अनुमोदन गरिरहनु नपर्ने भन्दै उनले फकर धारणा राखेका थिए । तर उनको कुरा कतै सुनुवाई भएर र उनको कुरालाई कसैले ध्यान नदिएपछि उनले पछि आफ्ना कुरा नै राख्न छाडेका थिए । गत विहबार गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन आवश्यक रहे नरहेको विषयमा केन्द्रीय सचिवालयको बैठकमा नेताहरूबीच बहस भैरहेका बेला उनले बीचमै कार्यदल अनुमोदन गर्नुनपर्ने भन्दै आफ्ना धारणा राखेको स्रोतले जनाएको छ । ‘पोखरलले बीचमै कुरा राख्नु भयो उहाँको कुरा बीचमै कता हरायो थाह भएन’, एक सचिवालय सदस्यले भने । उनका अनुसार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुुष्पकमल दाहाल (प्रचण्ड)ले महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन गरेको कार्यदललाई बैठकबाट अनुमोदन गर्ने नगर्ने भन्ने विषयमा सोमबारको केन्द्रीय सचिवालय बैठकमा नेताहरूबीच बहस भएको थियो ।

महासचिव पौडेलको संयोजकत्वमा गठित कार्यदलमा प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल,स्थायी समिति सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुषाल र जनार्दन शर्मा सदस्यको रूपमा रहेका छन् । बैठकको सुरुवात गर्दै अध्यक्षद्वय ओली–प्रचण्डले महासचिव पौडेलको अध्यक्षतामा कार्यदल गठन भएको र त्यसै विषयमा छलफलका लागि बैठक बोलाइएको जानकारी गराएका थिए । साथै,उनीहरुले कार्यदल गठनको निर्णयलाई अनुमोदन गर्न आग्रह गरेका थिए । तर उपप्रधान तथा रक्षामन्त्री समेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले अध्यक्षद्वयले विवाद समाधानका लागि सहयोगीका रुपमा कार्यदल गठन गरेकाले सचिवालय बैठकबाट अनुमोदन आवश्यक नरहेको बताएर आफूलाई फरक रुपमा प्रस्तुत गरेका थिए ।

वरिष्ठ माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले भने पार्टीको विवाद समाधान उन्मुख भएकाले सचिवालय बैठक बसेर कार्यदल गठन गरिएको भए अझ राम्रो हुने बताउँदै अनुमोदन गरेर जाँदा उपयुक्त हुने धारणा राखेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *