काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद सुल्झाउन बनेको कार्यदलको बैधानिकताबारे सचिवालय बैठकको एजेण्डा बनेको छ । सोमबार विहानका यसकै लागि मात्र सचिवलाय बैठक बोलाइएको हो ।
पार्टीका तीन शीर्ष नेताहरु झलनाथ खनाल, माधव नेपाल र नारायणकाजी श्रेष्ठले कार्यदलको बैधानिकतामाथि आपत्ति जनाएपछि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालय बैठक बोलाएका हुन् । पार्टीको विधि र पद्धति मिचेर कार्यदल बनाएको भन्दै आपत्ति नेतात्रयले आपत्ति जनाएका थिए । ‘सोमबार विहानका ९ः३० बजेका लागि सचिवालय बैठक बस्ने खबर आएको छ’, सचिवालय सदस्यले भने । सचिवालय बैठकमा शुक्रबार गठन भएको कार्यदललाई सचिवालयबाट औपचारिक रुपमा अनुमोदन र कार्यादेश दिने निर्णय हुनेछ ।
नेकपाभित्र विवाद बढ्दै गएपछि समस्या पहिचान गर्न र समाधान गर्नको लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा शुक्रबार ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । तर, पार्टी कमिटीमा छलफल नगरी कार्यादल बनेको भन्दै वरिष्ठ नेता खनाल, नेपालल र श्रेष्ठले असन्तुष्टि जनाएका थिए । शनिबार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा भएको छलफलमा नेताले असन्तुष्टि जनाएपछि दाहालले अर्का अध्यक्षसँग सल्लाह गरेर बैठक बोलाउने बताएका थिए । यसअघि साउनको ३ गते नेकपाको सचिवालयको बैठक बसेको थियो ।
पार्टीभित्रको विवाद अन्त्यका लागि कार्यदलले विभिन्न विकल्पमाथि छलफल गरिरहेको बताइएको छ । सोमबार बिहान साढे ९ बजे सचिवालय बैठक आह्वान गरेपछि कार्यदलको कार्यदेशबारे प्रष्ट हुने बताईको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सचिवालय बैठकले कार्यदलको औपचारिकता प्रदान गर्ने बताइएको छ । कार्यदलले शनिवारदेखि काम शुरु गरेको छ ।
महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको सो समितिमा पूर्व माओवादीको तर्फबाट जनार्दन शर्मा र पम्फा भूषाल रहेका छन् भने शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल पूर्व एमालेका तर्फबाट रहेका छन् । उनीहरुले शनिवारबाट काम थालेका हुन् । पार्टीमा आन्तरिक विवाद उत्पन्न भएपछि असार १० मा शुरु भएको नेकपाको स्थायी कमिटी बैठक समेत असार १८ पछि बस्न सकेको छैन । स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग भएपछि असार १८ पछि बैठक स्थगित पार्टीभित्र झन समस्या उत्पन्न भएको थियो ।
पार्टीभित्र चुलिएको विवाद समाधानका लागि गठन गरिएको ६ सदस्यीय कार्यदलले प्रतिवेदन बुझाएपछि स्थायी समिति बस्ने र त्यसलगत्तै मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ।




