नेपाल भारतबीच वैदिक कालदेखि विशिष्ठ सम्वन्ध रहि आएको छ । जनस्तरदेखि सरकारी तवरसम्मको यो सम्वन्ध भू–राजनीति र धार्मिक पक्षले झन कसिलो बनाएको पाइन्छ । असंलग्न राष्ट्र नेपालले भारतसंगको कुटनीतिक सम्वन्ध पनि सुमधुर बनाएको छ । तर, बेला बखत भने नेपाल भारतको सम्वन्ध चिसिने गरेको पाइन्छ ।
धर्मलाई राजनीतिक अस्त्र बनाएर सत्ता हत्याउने शासकहरुको दौडले बेलाबखत कुटनीतिक असन्तुलन पैदा गर्ने गरेको छ । धर्मलाई एजेण्डा बनाएर भारतको राजनीतिमा शक्तिशाली बनेका नरेन्द्र मोदी पथमा नेपालका प्रधानमन्त्री केपी ओली हिड्न खोजेको आरोप लाग्न थालेको छ ।
अहिले नेपाल र भारतमा राम र सिद्धार्थ गौतम बुद्धको जन्म स्थानको बारेमा पुनःबहसको विषय बनेको छ । नेपालका प्रधानमन् त्री ओलीले भानु जयन्तिको अवसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा राम नेपालकै चितवन जिल्लाको अयोध्ययमा जन्मेको तर्क गरे । प्रधानमन्त्री ओलीले नेपाल सास्कृतिक हिसावले अतिक्रमणमा परेको दावी गरे पश्चात नेपाल–भारतमा ठूलो तरङ्ग पैद भयो । भारतीयमुलका केही धार्मिक संघ संस्थाले आपत्ति जनाउनुको साथै विरोध प्रर्दशन समेत गरे । यो विषय सेलाउन नपाउदै भारतका विदेश मन्त्री एस जयशंकारले एक कार्यक्रमामा महात्मा गान्धीसंग जोडेर बुद्धलाई महान भारतीय भनेका थिए । उनको त्यो भनाई २४ घण्टा पनि टिक्न सकेन । चौतर्फि आलोचना र दवाबपछि उक्त वक्तव्यबाट उनी पछि हट्न बाध्य भए । भारतको परराष्ट्र मन्त्रलयमार्फत विज्ञप्ति जारी गरेर बुद्ध नेपालमै जन्मेको स्वीकार गरे । त्यस लगतै नेपालको तर्फबाट परराष्ट्र मन्त्रलयले पे्रश नोट जारी गरी बुद्धको जन्म नेपालमा भएको ऐतिहासिक तथा पुरातात्विक तथ्यले निर्विवाद पुष्टि गरेको दाबी गर्यो ।
सिद्धार्थ गौतम बुद्धको जन्म ई.पू ५६३ बर्ष अगाडी बैशाख शुक्ल पूर्णिमाको दिन नेपालको रुपन्देही जिल्लाको लुम्विनीमा भएको थियो । सिद्धार्थ गौतमको जन्म बाबु सुद्धोदन र आमा मायादेवीबाट भएको थियो ।
सुद्धोदन तत्कालीन तिलैराकोट राज्यमा शाक्य वंशका राजा थिए । बुद्धत्व प्राप्त गर्ने व्यक्तिलाई सम्बोधन गर्ने शब्दहो बुद्ध । हालसम्म २८ जनाले बुद्धत्व प्राप्त गरेर बुद्ध बनि सकेको छन् । ति २८ मध्ये तीनजना बकुच्छन्द बुद्ध, कनकमनी बुद्ध तथा शाक्यमुनि बुद्धको जन्म लुम्विनी क्षेत्रमा भएको थियो । यो नेपाल र नेपालीका लागि ज्यादै गौरबको कुरा हो । बौद्ध धर्मका प्रमुख मुख्य चार तीर्थ स्थलहरु लुम्विनी, बोधगया, सारनाथ र कुशीनगरमध्ये लुम्विनी नेपालमा र अन्य भारतमा पर्दछ ।
माथिका उल्लेखित कुरालाई हेर्दा बुद्ध नेपालमा नै जन्मेको वास्तविकता लुकाएर लुक्दैन । विश्वसामु बुद्ध नेपालमा नै जन्मेको हो भन्ने जगजाहेर छ । त्यसैले यो विषयलाई बहसमा ल्याएर तर्कवितर्क गर्नु निराधार हो । यो समय बुद्धको दर्शन, सिद्धान्त मानवजीवनमा कसरी लागू गर्न सकिन्छ भन्ने बहस हुनु पर्नेमा ठीक उल्टो भैरहेको छ ।
बुद्ध नेपालमा जन्मेको हो भनेर गर्व मात्र गरेर बस्नु र बुद्धका सिद्धान्त, दर्शन, शिक्षालाई आत्मासात नगर्नु यो अत्यन्त दुःखद कुरा हो। बुद्धका शिक्षा प्रदान गर्ने विश्वको विभिन्न ठाउँमा धेरै अगाडी विश्वविद्यालयहरु खुलेर पढाई हुन थालिसकेको अवस्थामा नेपालमा भर्खर बौद्ध विश्वविद्यालय बामेसर्दै छ । नेपाल बुद्ध भूमि, शान्ति भूमि भनेर हामी आदर्शका गफ छाट्छौ र कुटनीतिक पाहुनालाई बुद्धका थाङका तथा मुर्ति प्रदान गछौं । तर, विडम्बाना सोही बुद्धले प्रदान गर्नु भएको सिल,समाधि र प्राज्ञलाई शिक्षाको रुपमा पाठ्यक्रमा समावेश गरी विद्यालयमा अध्ययन अध्यापन गराउन हिचकिचावट मान्छौ । अहिले विश्वमा प्रतिदिन हिंसा आतङक बड्ने क्रममा छ । यसबाट मुक्तिपाउने एक मात्र उपाय बुद्धको शिक्षालाई अनुसरण गर्नु हो ।
हामी जब बुद्धको शिक्षा, दर्शनको मानव जीवनमा अनुसरण गर्छौं तबमात्र गर्व गर्न लायक हुन्छौ । बुद्ध नेपालमा जन्मेको भनेर गर्व गर्नुमात्र केवल हावाले भरीएको बेलुन सिबाय अरु केही हुनै सक्दैन । यो समय विश्वको आम बुद्धिष्टको शैक्षिक थलोको रुपमा नेपाल स्थापित हुनु पर्नेमा नेपालको बुद्धिष्टहरु अन्य मुलुकमा गएर अध्ययन गर्नु पर्ने बाध्यता रहेका छ । यो दुःखद पक्ष हो । केही नगन्य मात्रमा खोलिएको गुम्बा विद्यालयमा पनि सरकारले ढाड सेक्ने गरी कर लगाएको छ । अनि हामी बुद्धको जन्म भूमि भनेर मात्र कसरी गर्व गर्न सक्छौ । नेपालमा वेलावखत “बुद्ध वाज बर्न इन नेपाल” भेनेर अभियानले चलाउने प्रचलन छ । यस्तो प्रचलनले मात्र हामी निष्कर्षमा पुग्न सक्दैनौं । तसर्थ राज्यले बुद्धको शिक्षामा ध्यानदिनु पर्दछ ।




