ताजा समाचार

नेकपाको विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन

काठमाडौं। आन्तरिक विवादको भूमरिमा फसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेपका)ले विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन गरेको छ । शुक्रबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीचको छलफलपछि पार्टीका महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल  बनेको हो ।

महासचिव पौडेलको संयोजकत्वमा गठित कार्यदलमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, पम्फा भूषाल सदस्य छन ।
करिव एक साताभन्दा बढी सम्बादहिनताको अवस्थामा रहेका नेकपाका दूई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमद दाहालले विहिबार ४ घण्टाभन्दा बढी बालुबाटारमा छलफल गरेका थिए ।

कहिले वान टु वान र कहिले मध्यस्तकर्ता सहित बार्तामा बस्दै आएका दुई अध्यक्षको छलफलले विवाद समधानको लय समात्न नसकेपछि कार्यदल बनाएर अघि बढेका हुन ।

नेकपामा असार १० गते बसेको स्थायी समिति बैठकमा अधिकांश सदस्यहरुले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने धारणा राखेपछि विवाद उत्कर्षमा पुगेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *