काठमाडौं। करिव एक साताभन्दा बढी सम्बादहिनताको अवस्थामा रहेका नेकपाका दूई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमद दाहाल ‘प्रचण्ड बालुबाटारमा छलफलमा जुटेका छन । नेकपाका दूई अध्यक्षबीचको टकरावले पार्टी भित्रको विवाद छताछुल्ल भएको अवस्थामा चौतर्फी दवावपछि दुई अध्यक्ष छलफलमा जुटेका हुन ।
कहिले वान टु वान र कहिले मध्यस्तकर्ता सहित बार्तामा बस्दै आएका दुई अध्यक्षको दूरी भने घटेको छैन । आफ्ना सहयोगी र मध्यमार्गी नेताहरुले भेटको वातावरण मिलाइ दिएमात्र उनीहरु भेटघाट गर्ने र छलफलमा बस्नेन गरेका छन । स्थायी कमिटि कि सचिवालय बैठक बस्ने भन्ने विवादमै दुई नेताहरु केही समय अलमलिएका थिए । १५२ जना केन्द्रीय सदस्यहरुले केन्द्रीय समिति बैठक लिखित रुपमा माग गरेका छन ।
पार्टी र सरकार सञ्चालनमा नै अलोकप्रिय भएका ओलीले अबको पाच दिन भित्र नेकपाको विवाद वारपार हुने एपीवान टेलिभिजनको अन्तरवार्तामा बताएका छन । सकभर मिलेन जाने त्यो संभव नदेखिए पार्टी फुटाएर अघि बढ्ने मुडमा ओली पुगेको सो भनाइले स्पष्ट हुन्छ । दुवै अध्यक्ष आफ्नो समुह बलियो बनाउन पार्टीभित्र सबै अस्त्र प्रयोग गरेर अघि बढेका छन ।
पार्टी एकता भएदेखिनै ओली र दाहाल बीचको उत्तरचढावपूर्ण सम्वन्धले नेकपाको भविश्य नै अन्यौल बनेको छ । फूटको नजिक पुगेको नेकपालाई बचाउने जिम्मा ओली प्रचण्डकै हतामा छ । दुवै नेता आफ्नो अडानमा टसमस नहुदा विवादको गाठो झन कसिदै गएको छ ।
एकलौटी ढंगले पार्टी र सरकार सञ्चालन गर्दै आएका ओलीको रबैयाबाट प्रचण्डमात्र होइन पूर्व एमालेका प्रभावशाली नेताहरुसमेत असन्तुष्ट छन ।




