देश

गृहमन्त्रालयमा कोरोना संक्रमित छिरेपछि तनाब, सबै कर्मचारीको कोरोना परीक्षण गराइदै

काठमाडौं । कोरोना संक्रमित व्यक्ति गृह मन्त्रालय छिरेर त्यहाँ उच्च पदस्थ अधिकृतहरुसँगको भेटघाटपछि गृहमन्त्रालयमा कार्यरत रहेका कर्मचारी तनावमा रहेका छन् । गृह सचिव महेश्वर न्यौपाने, मन्त्रालयको शान्तिसुरक्षा महाशाखा हेर्ने सहसचिव चक्र बुढा लगायतका कर्मचारीर्ला संक्रमितिले भेटेको खुलेपछि अहिले कार्यालयमा रहेका कर्मचारी तनावमा छन्।

काठमाडौं घट्टेकुलोका गुरुङ थरका ती व्यक्ति गृहमा छिरेर सचिव न्यौपानेलगायतका उच्च अधिकारी हरुसंग उठबस गरेको पाइएको छ। गुरुङको बिहीवार मात्रै कोरोना रिर्पोट पोजिटिभ आएको थियो। उच्च अधिकारीहरुसँग यसै साता घुलमिल भएका गुरुङको कोरोना रिपोर्ट पोजिटिभ देखिएपछि उनी संग हिमचिम गरेका कर्मचारी शुक्रबार धमाधम टेष्ट गर्न लागेका छन। उच्च अधिकारीहरुसंग मास्क समेत नलगाएर घुलमिल भएपछि जोखिम बढेको मन्त्रालय स्रोतले बतायो।

शुक्रबारदेखि मन्त्रालयमा आवतजावत वन्द गराइएको छ र उच्च अधिकारीले आफु र आफुसंग उठबस भएका अन्य कर्मचारीको कोरना टेष्ट गर्न लगाएका छन। गृहसचिव तथा मन्त्रालयको शान्तिसुरक्षा महाशाखाका प्रमुखसंग सुरक्षा निकायका उच्च अधिकृतहरुको बाक्लो भेटघाट हुने गरेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी वल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु यो बीचमा मन्त्रालयका बिभिन्न वैठकमा सहभागी भएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *