काठमार्डौ । नेकपाभित्र कि मेकर मानिएका वामदेव गौतमलाई भेटन भारतीय राजदूत उनकै निवासमा पुगेका छन् । पार्टीका उपाध्यक्ष समेत रहेका गौतमलाई भेट्न भारतीय राजदूत विनयमोहन क्वात्रा विहिबार साँझ गौतम निवास भैंसेपाटी पुगेका छन् ।
पछिल्ला दिनहरुमा भारतीय र चीनियाँ राजदूतको नेपाली नेता भेटने दौडधुप बढेका बेला क्वात्रा गौतम निवास पुग्नु अर्थपूर्ण मानिएको छ । यतिबेला नेकपाभित्र गौतम निर्णयक मानिदै आएका छन् । उनलाई रिझाउन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालका बीचमा प्रतिश्पर्धा नै चलेको छ ।
नेकपा भित्रको राजनीतिक कलह पेचिलो बनिरहेका बेला चाइनिज र भारतीय राजदूतहरुले आलोपालो नेकपाका शीर्ष नेताहरुलाई भेटिरहेका छन् । तर पनि पछिल्ला दिनमा भारतीय राजदूत भने मौन बसेका थिए । राजदूत क्वात्रा र गौतमबीच के के विषयमा कुराकानी भयो भन्ने बारेमा बाहिर केही आएको छैन । र, गौतम निकट सचिवालयले पनि कुनै जानकारी गराएको छैन । नेकपाभित्रको पछिल्लो राजनीतिक अवस्था र विवादबारे छलफल भएको स्रोतको दावी छ ।




