तुलसिपुर । केही समय पहिले पाटे वाघको छालासहीत दाङ प्रहरीले दुई जनालाई पक्राउ गर्यो । प्रहरीले पक्राउ गरे लगत्तै थुनामा रहेका ति अभियुक्तहरुलाई आफ्नो मन परेका वकिल राख्न पाउने कानुनी ब्यवस्था नै छ । प्रहरीले विभिन्न धाक धम्की दीदै प्रहरीकै सेटिङमा रहेका वकिलसंग मुद्धाको वारेमा कानुनी सल्लाह लिन आग्रह गरे । अभियुक्त आफुलाई विश्वास लाग्ने वकिल राख्न खोज्छन् । तर, प्रहरीका मुद्धा फाटकाले अरु वकिललाई समाते मुद्धा विग्रने र जेल समेत धेरै जान सक्ने भन्दै विभिन्न धाक धम्की दिए ।
लामो समय प्रहरीको मुद्धा फाटमा बसेका प्रहरीले नै अभियुक्तलाई त्यसरी भन्न थालेपछि स्वाभाविकरुपमा हिरासतमा रहेका अभियुक्तले कानुनी कारवाहीवाट वच्ने प्रहरी आस्वासनलाई नाघेर जाने कुरै भएन् । अन्तत, ति प्रहरीमा वस्ने कर्मचारीले आफुसंग सेटिङमा रहेका वकिलको नाम नै वकालतनामा राख्नदीने गर्छन । प्रायजसो सरकारीवादि मुद्धामा प्रहरीकै सेटिङमा रहेका वकिलहरुले नै काम पाउछन् । प्रहरीले नै हिरासतमा रहेका अभियुक्त र उनका आफन्त् र स्ष्टमित्रलाई आफुले भनेको वलिक नराखेमा मुद्धामा धेरै सजाय हुन सक्ने र मुद्धा विग्रने र फस्ने भन्दै डर र त्रास देखाउने गर्छन् । पक्राउ परेका अभियुक्त र उनको आफन्तलाई जतिसक्यो कम सजाय होस वा चाडै छुट्न पाइयोस भन्ने अपेक्षा हुनु स्वाभाविक भएपनि प्रहरीले नै निश्चिचत वकिलसंग मिलेर कमिसनको लोभमा यस्ता खाले हर्कत गरेपनि जिम्मेवार प्रहरी अधिकारी प्राय मौन नै छन् । प्रहरीले वकिलको नाम नै तोकेर फल्नो वकिलमा गए वच्ने र नत्र भने जेल जाने भन्दै लविङ गर्न थालेपछि वकालत गर्ने वकिलहरुमा तर् ङ्ग आएको छ ।
प्रहरीले नै आफै कमिसनको चक्करमा एक दुई जना वकिललाई वोकेर सरकारवादि मुद्धामा यसरी वकालतनामा आफै वकिल राख्दीनुले आर्थिम चलखेल हुन सक्ने धेरैले आंकलन गरेका छन्। अधिकांश सरकारवादि मुद्धामा दुई चार जना सेटिङका वलिकवाहेक प्रहरीले अरुलाई दिदैन् । प्रहरीले जवरजस्तीरुपमा वकालतनामा राखेपछि अभियुक्तहरु आफै नै आफ्नो वकालतनामा रहेको वकीललाई रद्ध गर्न समेत निवेदन दिन थालेका छन् । पाटे वाघको छालासहीत पक्राउ परेका अभियुक्तले गत असार १ गते उच्च अदालत तुलसिपुरमा वकालतनामा वदर गरीपाँउ भनि निवेदनसमेत दिए । पक्राउ पर्ने वित्तीकै अभियुक्तलाई आफुलाई मन लागेको वकिल राख्न दिनुपर्नेमा प्रहरीले सेटिङमा रहेका वकिललाई नै दिन खोज्नुले त्यहा आर्थिक चलखेल छ भन्ने प्रष्ट वुझ्न सकिन्छ । अभियुक्त अमरबहादुर राना र रमित सुनारले सुरुमा प्रहरीले नै राखिदिएको वकिलको वकालतनामा वदर गरीपाँउ भनि उच्च अदालतमा निवेदन दिएपछि यो घटना बाहिर आएको हो । सरकारवादि मुद्धामा कमिसनको चक्करले प्रहरीले एक दुई जना वकिल नै राखेर सेटिङमा दिएको मुद्धा दिने गरेको रहष्य खुलेको हो । यसैवीच अधिबक्ता रविन्द्रकुमार धितालले प्रहरी महानिरीक्षकलाई आवश्यक कारवाही गरी पाँउ भन्दै लिखितरुपमा पत्र दिने वताएका छन् । उनले प्रहरीभित्र विकृत्ति, विसङ्गगति रहेको भन्दै दाङको इलाका प्रहरी कार्यालय तुलसिपुर अन्तरगत अनुसन्धान शाखावाट अनुसन्धान हुने जुनसुकै फौजदारी मुद्धाहरुमा थुनुवा प्रतिवादिहरुले आफुले रोजेको कानुन ब्यवसायिहरुवाट वहस, पैरवि, थुनछेक वहस गराउन पाउने सबैँधानिक ब्यवस्था भएतापनि थुनुवा प्रतिवादिहरुलाई दाङ देउखुरी जिल्ला अदालतमा लिएर जाने प्रहरी कर्मचारीहरुको कमिसन प्राप्त गर्ने उदेश्यले प्रतिवादि र प्रतिवादीहरुका आफन्तहरुले चिन्दै नचिनेका कानुन ब्यवसायिहरुको जवरजस्त वकालतनामा लगाई दिने गरेको बताए ।
अधिवक्ता धितालले यसरी जवरजस्त प्रहरीले वकालतनामा लगाइ दिने गरेकाले मुद्धामा स्वच्छ सुनुवाइमा प्रत्यक्ष प्रभावित हुने र स्वतन्त्ररुपले कानुन ब्यवसायि राखि मुद्धाको पुर्पक्ष गराउन पाउने संवैधानिक अधिकारवाट वञ्चीत हुन गई पक्षहरुले न्याय पाउने अधिकारवाट प्रभावित भइरहेकाले निज अनुसन्धान शाखामा रहेका प्रहरी कर्मचारीहरुलाई आवश्यक कारवाही गरी गैरकानुनि कार्य रोक्न आइजिपिलाई पत्रमार्फत आग्रह गरेका छन् । प्रहरीमा रहेकोे यस खालको अनुचित काम जिल्लाभरी नै छ । जिल्ला प्रहरी प्रमुख लगायत यस विषयमा खासै चासो दिएको पाइएको छैन । यता जिल्ला प्रहरि कार्यालय दाङले जुनसुकै अभियोगमा पक्राउ परेका अभियुक्तले स्वतन्त्रपुर्बक आफुले मनपरेको वकिल राख्न पाउने बताउछ । जिल्ला प्रहरि कार्यालय दाङका प्रबक्ता डिएसपि सुमित खड्काले प्रहरिले सरकारबादी मुद्धामा वकिल राखेर के फाइदा हुन्छ र प्रश्न गर्दै अभियुक्तले छानेर नै वकिल राख्न पाउने र यसमा प्रहरिकोतर्फबाट कुनै करकाप नहुने बताए । आफुले रोजेको वकिल राख्न सम्बन्धित अभियुक्त स्वतन्त्र रहेको पनि उनले बताए ।





