रिबन

नेकपाका चार नेताकाे ओलीलाई जवाफ : पदलाई महत्व दिइएको छैन, प्रवृत्तिका विरुद्ध संघर्ष हो

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक विवादले उग्र रुप लिएकै बेला बुधबार दिउसो चार नेताहरुले ५० भन्दा बढी पत्रकारकोबीचमा अहिलेको लडाई पदीय भागवण्डाका लागि नभएको बताउदै खराब परिस्थिति आए सामाना गर्न तयार रहेको बताएका छन् । आन्तरिक विवाद दिनप्रतिदिन जटिल मोडमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहले अहिलेको विवादलाई पदीय लडाई भएको प्रचारबाजी गरेको भन्दै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल तथा नारायणकाजी श्रेष्ठले खराब परिस्थितिको पनि सामाना गर्न तयार रहेको बताएका हुन । उनीहरुले पार्टीको आन्तरिक विवादलाई पदसँग जोडेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । उनीहरुले पत्रकारमाझ सो कुरा गरेको थाह पाएपछि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच हुने भनिएको छलफलसमेत स्थगित भएको छ ।

आन्तरिक विवाद समाधानका लागि बुधबार साँझ हुने भनिएको छलफल प्रधानमन्त्री केपी शर्मा ओलीले समय अभाव भन्दै स्थगित गरिदिएका थिए । दुई अध्यक्ष र वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङ सहित विवाद निरुपणको लागि तीन दिनदेखि लगातार छलफल भएपनि कुनै टुंगोमा पुगेको छैन । एकता प्रकृयादेखि अहिलेसम्म आइपुग्दा ओली दाहालवीच सरकार सञ्चालन र पार्टी सञ्चालनकै विवादमा कुरा मिल्न सकेको छैन ।

नेकपाभित्र सरकारले पार्टी चलाउने कि पार्टीले सरकार सञ्चालन गर्ने भन्ने प्रश्न गहिरिदै गएको छ । सचिवालय सदस्यहरु अध्यक्ष दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ भने पार्टीले सरकार सञ्चालन गर्नुपर्ने अडानमा छन् । उनीहरुले राखेको अडानमा पार्टी स्थायी कमिटी बैठकमा बहुमत सदस्यहरु समेत सहमत रहेका छन् ‘ पार्टी एकतालाई भर्याङका रुपमा सोच्न नहुने कसैलाई शक्तिशाली बनाउन मात्रै पार्टी एकता नभएको र पार्टीलाई व्यक्तिले नभई विधिले सञ्चालन गर्नुपर्छ । अहिलेको लडाई यही हो, यो कुनै पदको लडाई होइन’, अध्यक्ष दाहालले राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा चार शीर्ष नेतालाई अगाडी राखेर भने ।

राजधानीमा बुधबार चार शीर्ष नेताहरुको एउटै स्वर थियो ‘हामीले पदको लडाई गरेको होइन पार्टीलाई विधिमा सञ्चालन गर्नुपर्छ । पदलाई महत्व दिइएको छैन प्रवृत्तिका विरुद्ध संघर्ष हो ।’ मूलतः पार्टीभित्र आफूहरुलाई पदको लडाइ हो भन्ने देखाइएको र त्यसले पार्टीको विधान विधिलाई मिच्ने काम भएको उनीहरुको भनाई थियो । कसैले पार्टी एकतालाई भर्याङ बनाएका होलान तर मैले भर्याङ बनाएको छैन,पार्टी एकतालाई अझ सुदुढ बनाउने कुरामा लागेका छौ । यसका लागि सवैले पार्टी निर्णय मान्नुपर्छ पार्टीभन्दा ठूलो व्यक्ति होइन’, अध्यक्ष दाहालले भने ।

अध्यक्षले नै पार्टी निर्णय नमाने एकता बच्न धौ धौ हुने दाहालको भनाइ थियो । उनका अनुसार पार्टी एकता कमजोर बनाउन नै स्थायी कमिटी बैठक चलिरहँदा अर्का अध्यक्ष ओलीले नेकपा एमाले दर्ता गराउने पहल गरेको पनि उनको दावी छ । उनले पार्टी एकतालाई जोगाउने कुरा गर्दै उनले राम्रो पपिरस्थिति निर्माण गर्न लागि परेको बताए । ‘राम्रोभन्दा राम्रो परिस्थिति तयार गर्न हामी लागिरहेका छौ तर हामी कम्युनिस्टहरू खराबभन्दा खराब परिस्थितिका लागि पनि तयारचाहिँ हुनुपर्छ’, उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *