ताजा समाचार

वामदेव गौतमको अडान : अब कुनै पनि गुट र समूहमा लाग्दिन

काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको वा गुट पक्षमा नभएको स्पष्ट पारेका छन्।

गौतमले आफ्नो सचिवालयमार्फत यस्तो स्पष्ट पारेका छन्। मंगलबार प्रचण्ड वामदेवलाई भेट्न भैंसेपाटी पुगेका थिए। वामदेवका प्रेससहयोगी विश्वमणि सुवेदीले यसबारेमा सञ्चारमाध्यमलाई इमेलमार्फत प्रेस नोट पठाउदै प्रचण्ड र गौतमको भेटलाई निकै अर्थपूर्ण हेरिएको भन्दै स्पष्ट पारेका हुन्।

प्रचण्ड, माधव नेपालको गुटबाट बाहिरिएर एकाएक अर्का अध्यक्ष केपी ओलीको गुटमा गएपछि मंगलबार प्रचण्ड भैंसेपाटी गएर गौतमलाई भेटेका थिए। उक्त भेटबाट निकै टिकाटिप्पणी भइरहेको छ। ‘उक्त भेटमा अध्यक्ष प्रचण्डले उपाध्यक्ष गौतमसँग पार्टीसँग सम्बन्धित केही समसामयिक विषयमा संक्षिप्त कुराकानी गर्नुभएको हो।’ उनले भेटबारे निकै टिकाटिप्पणी भएपछि यसबारे उनको सचिवालयको तर्फबाट स्पष्ट पनि पारेका पनि प्रेस नोटमा लेखेका छन् । उक्त भेटमा दाहालले ‘अब तपाई के गर्नुहुन्छ ?’ भनि सोधेको र जवाफमा गौतमले ‘म ठूलो–सानो कुनैपनि गुटमा लाग्दिन्’ भनेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *